कोरोना संक्रमितको दर बढ्दो
कोरोना संक्रमितको दर बढ्दो
पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको दर बढ्न थालेको छ ।
मंगलवार थप पाँच जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको हो ।
सोमवार मात्र २० जनामा कोरोना पुष्टी भएको थियो ।
मंगलवार थपिएका कोरोना संक्रमितमध्य भीमसेन थापा गाउँपालिका–७ का ४२ वर्षीय पुरुष र वडा नम्बर ८ का ४ वर्षीय बालिका रहेको कार्यालयका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए ।
त्यस्तै सिरानचोक गाउँपालिका–३ का ६७ र ६९ वर्षीय पुरुष र १९ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको उनले जानकारी दिए । भीमसेन थापाका ४२ वर्षीय पुरुष भारतबाट आएका हुन भने ४ वर्षीय बालिका बाहिरी जिल्लाबाट आएकी हुन् ।
मंगलवार कोरोना पुष्टी भएका सिरानचोकका तीन संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका हुन् । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको बताइएको छ । यो सँगै जिल्लामा संक्रमितको संख्या २ सय ८० पुगेको छ ।