राजनीतिक नेतृत्व, प्रशासन र ठेकेदारको मिलेमतोका कारण गोरखाको बिकास सुस्तायो ः भट्टराई

राजनीतिक नेतृत्व, प्रशासन र ठेकेदारको मिलेमतोका कारण गोरखाको बिकास सुस्तायो ः भट्टराई


बिहिबार, अशोज २२, २०७७


राजनीतिक नेतृत्व, प्रशासन र ठेकेदारको मिलेमतोका कारण गोरखाको बिकास सुस्तायो ः भट्टराई

जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पछिल्लो समय गोरखाको बिकास सुस्ताएको बताएका छन् ।
वुधवार जिल्लाका पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफू अर्थमन्त्री हुदाँ ट्र¥याक खोलिएका सडकहरु हालसम्म पनि कालोपत्रे हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे ।

‘म अर्थमन्त्री हुदाँ गोरखाको पूर्वाधार बिकासमा सडक नै पहिलो हो भनेर पूर्व पश्चिम जोड्ने कोरिडोर बिकास गर्ने योजना सहित ट्र¥याक खोल्न शुरु गरे,’ उनले भने, ‘तर अहिलेसम्म ती सडकहरु पिच भएका छैनन् ।’ राजनितिक नेतृत्व, प्रशासन र ठेकेदारको मिलेमतोका कारण पूर्वाधार क्षेत्रमा काम हुन नसकेको उनले बताए ।



‘समयमै काम नगर्ने ठेकेदारलाइ कार्यालय प्रमुखले स्पष्टीकरण लिएर टर्मिनेट गर्न सक्ने अधिकार हुन्छ, तर उनीहरुले त्यस्तो गर्दैनन्, गर्न खोजे राजनितिक दलको दवावमा उसको सरुवा हुन्छ,’ उनले भने ।

बाह्र किलो भालुस्वाँरा बारपाक सडक कालोपत्रे कामको उदाहरण दिदै उनले भने, ‘यसअघि नै कालोपत्रे भइसक्नुपर्ने उक्त सडकखण्डमा अझै काम सकिएको छैन, कालोपत्रे भएको ठाउँमा पनि अक्षता छरेजस्तो अलिकति गिटी र अलिकति अलकत्रा छरेर झाटारेको छ ।’ अनुगमन गर्ने र ताकेता लगाउने काम सम्बन्धित कार्यालय प्रमुखको भएपनि वेवास्ता गरिएको उनले बताए ।

राजनितिक प्रसँग जोडदै भट्टराइले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा देश चरम निरंकुशतातिर गएको बताए । यो विपक्षीहरुले लगाएको आरोप मात्र नभई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी चलेको बहसले पुष्टि गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने, आपतकाल घोषणा गर्ने र देशलाई ज्ञानेन्द्र शाहको कदमतिर लैजाने कदम चालेका कारण अन्तरविरोधलाई टालटुल पार्ने काम भएको सूचना आफूले पाएको उनले बताए ।

पत्रकारसँग कुराकानी गर्दै उनले भने, ‘यसरी देश कहिलेस्म्म चल्न सक्छ ?’ अहिले पनि लोकतन्त्र सुरक्षित नभएको र देश निरंकुशतावादीको बन्धक बनेको उनको दाबी छ ।

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले ठोस काम गर्न नसकेको तर विना योजनाको लकडाउनले अर्थतन्त्र चौपट भएको भट्टराईले बताए ।

‘उद्योगधन्दा, व्यवसाय सबै चौपट छन्, श्रमिकहरु रोएर बसेका छन्, तर सरकारले समस्या समाधानका लागी ठोस निति योजना ल्याउन सकेको छैन,’ उनले भने ।

जिल्लाको बिकास निर्माणका कामहरु जिम्मा लिएका ठेकेदारहरुसँग भट्टराइले वुधवार अन्तरक्रिया समेत गरेका छन् । छलफलको क्रममा ठेकेदारहरुले निर्माण सामग्री अभाव, लक डाउन जस्ता समस्या तेस्र्याएका थिए । पत्रकार भेटघाटकै क्रममा भट्टराइले उपेन्द्र देवकोटाद्धारा लिखित ‘लक डाउनलाई झ्यालबाट नियाल्दा’ नामक पुस्तकको बिमोचन समेत गरेका छन् ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda