जागेश्वर माविलाई स्वास्थ्य सामग्री
जागेश्वर माविलाई स्वास्थ्य सामग्री
भीमसेन थापा गाउँपालिका वडा नम्वर ८ मा रहेको जागेश्वर माध्यमिक बिद्यालयलाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।
२०६४ सालमा उक्त बिद्यालयबाट एसएलसी दिएका बिद्यार्थीहरुको समूह जागेश्वर भूपू बिद्यार्थी समाजले ३ सय ६० थान फेस सिल्ड र ७ सय थान सर्जिकल मास्क सहयोग गरेको हो ।
बिद्यालयका प्रधानाध्यापक यदुनाथ सापकोटालाइ उक्त सामग्री हस्तान्तरण गरिएको बताइएको छ ।
कोरोना महामारीको समयमा बिद्यालयको पठनपाठन संचालन भएकाले संक्रमणको जोखिम न्यूनिकरणका लागी उक्त सामग्री सहयोग गरिएको समाजका कपिल तिमल्सिनाले बताए ।