गोरखामा चार जनामा कोरोना पुष्टि
गोरखामा चार जनामा कोरोना पुष्टि
गोरखामा आज चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका तीन पालिकाका चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भीमसेन थापा गाउँपालिका–६ मा ३१ वर्षीय पुरुष, गण्डकी गाउँपालिका–४ मा २३ र ६२ वर्षीय पुरुष र पालुङटार नगरपालिका–७ का २५ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
उनीहरुलाई आइसोलेशनमा व्यवस्थापन गर्ने तयारी भइरहेको प्रदेशले जनाएको छ ।