बाली उपचार शिविर सम्पन्न
बाली उपचार शिविर सम्पन्न
गोरखा नगरपालिका–१३ स्थित तिन किलोमा बाली उपचार शिविर भएको छ ।
कृषि ज्ञान केन्द्रको आयोजनामा भएको शिविरमा करिव ४० जना कृषकहरु वाली उपचारका लागी आएका थिए ।
‘सबैभन्दा बढी हिउँदे धान र मकैको समस्या लिएर किसानहरु आउनुभएको थियो,’ कार्यालयकी प्रमुख मनिता थापाले भनिन् । सँगै गोलभेडा, कागती, बोडी लगायतका वालीमा देखिएको समस्या लिएर कृषकहरु आएको उनले बताइन् ।
‘धानमा पात वेरुवा, गभारो जस्तो समस्या देखियो, मकैमा फौजी किरा र अन्य वालिमा रोग र किराको प्रकोप पनि देखियो,’ थापाले भनिन् । वाली उपचारका लागी आएका कृषकहरुलाइ निशुल्क बिषादी समेत उपलब्ध गराइएको उनले जानकारी दिइन् ।
उक्त शिविरमा गोरखा नगरपालिका वडा नम्वर १०, १३, १४, शहिद लखन गाउँपालिका वडा नम्वर ३ लगायतका किसानहरुले सेवा लिएका छन् ।
‘वाली उपचार सेवा हामीले कार्यालयबाट नियमित दिइरहेका छौ, वालीमा केही समस्या भएमा किसानहरु कार्यालयमा आएर सेवा लिन सक्नुहुनेछ,’ कार्यालय प्रमुख थापाले भनिन् ।