शहिद लखन गाउँपालिकाद्धारा आर्थिक सहयोग
शहिद लखन गाउँपालिकाद्धारा आर्थिक सहयोग
शहिद लखन गााउँपालिका ले जिल्लाका तीन वटा संघसंस्थालाई आर्थिक सहयोग गरेको छ ।
मानव सेवा आश्रम, नेपाल रेडक्रस सोसाइटी र गोरक्षनाथ वैदिक गुरुकुल बिद्यालयलाई आर्थिक सहयोग गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत जिवन आले मगरले बताए ।
उनका अनुसार रेडक्रसलाई १ लाख ५० हजार, मानव सेवा आश्रमलाई १ लाख र गुरुकुल बिद्यालयलाई ५० हजार सहयोग गरिएको हो ।
शनिवार मानव सेवा आश्रममा आयोजित एक कार्यक्रमका बिच उक्त संस्थाका प्रतिनिधीलाइ सहयोग रकम बराबरको चेक हस्तान्तरण गरिएको मगरले बताए ।
गाउँपालिकाको चालु आर्थिक वर्षको विनियोजित रकमबाट सहयोग गरिएको बताइएको छ ।