मनास्लु आधार शिविरबाट झन्डै २ हजार किलो फोहोर संकलन

मनास्लु आधार शिविरबाट झन्डै २ हजार किलो फोहोर संकलन


आइतवार, अशोज २५, २०७७


मनास्लु आधार शिविरबाट झन्डै २ हजार किलो फोहोर संकलन

मनास्लु हिमालको आधार शिविर क्षेत्रबाट करिब २ हजार किलो फोहोर संकलन गरिएको छ । बहराइनका राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको आरोहण टोलीमा रहेका नेपाली सदस्यहरुले आधार शिविरमा तीन दिन गरेको सरसफाइमा झन्डै २ हजार किलो फोहोर संकलन गरेका हुन् ।

असोज १६, १७ र १८ गते उक्त आरोहण टोलीमा रहेका नेपालीहरुले आधारशिविर क्षेत्रमा सरसफाइ गरी फोहोर संकलन गरेको सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङमा शेर्पाले जानकारी दिए । २



४ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राखेका कामीरिता शेर्पासहित आरोहण दलमा सहभागी गाइड, किचेन टोली गरी सय जनाले आधार मनास्लु आधार शिविरको सरसफाइ गरेका थिए ।

गत सेप्टेम्बर १८ मा नेपाल आएको बहराइनका राजकुमारसहितको १८ जनाको आरोहण टोलीले नेपाली गाइडहरुको सहयोगमा अक्टोबर १ मा सोलुखुम्बुस्थित लोबुचे हिमाल आरोहण गरिसकेको छ ।

उक्त आरोहण टोलीले अक्टोबर १६ मा मनास्लु हिमाल आरोहण गर्ने योजना रहेको र त्यहीअनुसार तयारी भइरहेको पनि सेभेन समिट ट्रेक्सका प्रबन्धक मिङ्मा शेर्पाले जानकारी दिए ।

त्यसैको तयारीस्वरुप शुक्रबार मनास्लु आधार शिविरमा पूजा सम्पन्न भएको पनि सेभेन समिट ट्रेक्सले जनाएको छ । राजकुमार खलिफासहितको टोली मंगलबार हेलिकप्टरमार्फत चुमनुब्री गाउँपालिका–१ सामागाउँ पुगेको थियो । एक रात सामागाउँमै बसेको उक्त टोली बुधबार आधार शिविरतर्फ लागेको थियो । आरोहण दलका अन्य सहयोगी भने त्यसअघि नै आधार शिविर पुगेका थिए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda