गोरखाका पाँच पालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि
गोरखाका पाँच पालिकाका ११ जनामा कोरोना संक्रमण पुष्टि
गोरखामा आइतबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्लाका पाँच पालिकाका ११ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
संक्रमित हुनेहरुमा आरुघाट गाउँपालिका–८ का ३२ वर्षीय पुरुष र सोहि गाउँपालिका–९ की ३० वर्षीय महिला रहेका छन ।
सहिद लखन गाउँपालिका–७ का ४७, ४५ र २८ वर्षीय पुरुष र बारपाक सुलिकोट गाउँपालिका–४ का २०÷२० वर्षीय दुई जना पुरुष रहेका छन् ।
यस्तै पालुङटार नगरपालिका–१ का २३ वर्षीय पुरुष, वडा नम्बर ४ का ३० वर्षीय महिला र गोरखा नगरपालिका–४ का ३० वर्षीय महिला र वडा नम्बर ६ का २४ महिला र ५२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको प्रदेशले जनाएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरु रिपोर्ट पोजेटिभ आएको हो ।