नागरिक सहायता कक्ष स्थापना
नागरिक सहायता कक्ष स्थापना
यात्रुहरुको सहजताका लागी जिल्ला सदरमुकाममा मंगलवार नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।
नजिकिदै गरेको चाडवाडलाई लक्षित गरी प्रहरी कार्यालयको समन्वयमा जिल्ला ट्राफिक कार्यालयले हरमटारीचोकमा कक्ष स्थापना गरेको हो ।
चाडवाडको समयमा यात्रुले भोग्नुपर्ने समस्यालाइ मध्यनजर गर्दै कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकालले बताए । ‘चाडवाडको बेला बढि भाडा असुल्ने, सवारी नपाउने जस्ता समस्या हुन्छन्,’ उनले भने, ‘त्यही समस्या समाधानका लागी कक्ष स्थापना गरेर सेवा शुरु गरेका हौ ।’
यात्रुहरुलाइ कुनै समस्या परे कक्षमा रहेका ट्राफिक प्रहरीबाट सेवा लिन सक्ने उनले बताए । यात्रुका लागी मात्र नभइ सर्वसाधारणलाइ परेका अन्य समस्या समाधानका लागी नागरिक सहायता कक्ष पनि स्थापना गरिएको एसपी सुरेन्द्र गुरुङ बताउछन् । ‘बिशेष गरी यात्रुलाई लक्षित हो, तर चाडवाडको समयमा चोरी र लुटपाटका
घट्नाहरु पनि घट्न सक्ने भएकाले त्यस्ता घटना हुन नदिन र भएमा पीडितलाइ सहयोग गर्न पनि कक्ष स्थापना गरिएको हो,’ उनले भने । यातायात व्यवसायी समितिसँग समन्वय गरेर भाडादर समेत राखिने उनले जानकारी दिए ।
हराएको केही सामान वा व्यक्ति भेटिएमा उक्त कक्षमा लगेर बुझाइदिन उनले आग्रह समेत गरेका छन् ।