व्यवसायी कारवाहीको बिषयमा जुहारी

व्यवसायी कारवाहीको बिषयमा जुहारी


बिहिबार, अशोज २९, २०७७


व्यवसायी कारवाहीको बिषयमा जुहारी

 गत शुक्रवार सदरमुकामका किराना पसल लक्षित अनुगमन भयो । यसअघि हुदै आएका अनुगमन भन्दा उक्त अनुगमन अलि भिन्न देखियो । सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्री नेतृत्वको बजार निरिक्षण टोलिले अनुगमन मात्र गरेन कारवाही पनि शुरु ग¥यो ।

म्याद गुज्रेका सामान भेटिएका ९ वटा पसलहरु कारवाहीमा परे । बजार क्षेत्रको श्रेष्ठ किराना स्टोर्स, कमला स्टोर्स, बिशाल न्यू किराना स्टोर्स, राना किराना स्टोर्स, खोप्लाङ्गी सप्लायर्स, जोशी क्वालिटी किराना, दिप्सम स्टोर्स, सौगात स्टोर्स र श्रीराम किराना पसललाइ कारवाही स्वरुप ५ हजार देखि २० हजारसम्म जरिवाना तोकियो ।



यसअघि हुने बजार अनुगमन औपचारिकता का लागी मात्र देखिन्थे । स्थानीय तहको अनुगमन होस् वा प्रशासनको व्यापारीलाइ कारवाही गर्ने हिम्मत गरेका थिएनन् । तर यो पटक भने प्रशासनले कारवाही प्रक्रियालाइ अगाडी बढायो ।

तर व्यवसायीहरुले त्यसको बिरोध गर्दै आएका छन् । कारवाहीकै बिषयलाइ लिएर प्रशासन कार्यालय र व्यवसायी संघसंस्था बिच रस्साकस्सी परेको छ । अनुगमन पश्चात प्रशासन र व्यवसायी बिच भएको बैठकमा व्यवसायीले प्रजिअलाई सरुवाको धम्की समेत दिन भ्याएको स्रोत बताउछ ।

के भन्छन् व्यवसायी संस्थाहरु

कारवाही भन्दापनि पहिले सचेत गराउनुपर्ने नेपाल चेम्वर अफ कमर्सका जिल्ला अध्यक्ष भाइचन्द्र श्रेष्ठ बताउछन् । ‘अनुगमन गर्नु राम्रो हो तर व्यवहारिक भएन,’ उनले भने, ‘सिधै कारवाहीमा उत्रिनु भन्दा पनि एक पटक सचेत गराउनुपथ्र्याे ।’

म्याद नाघेका सामान भेटिएमा जफत गर्ने र व्यवसायीले त्यसलाइ फिर्ता गराउने अनुगमन पूर्वको बैठकमा आफूहरुले सुझाव दिएको उनी बताउछन् । तर सुझावलाइ वेवास्ता गर्दै प्रशासन कारवाहीमा उत्रिएको उनले बताए । ‘मानविय संवेदनशिलता र व्यवहार पनि हेर्नुपर्छ, सिधै कारवाही गरेर पैसा तिराउनु गलत हो,’ उनले भने ।

प्रशासनले छापामार शैलिमा अनुगमन गरेको उनले बताए । व्यवसायीलाइ सच्चिने मौका दिनुपर्ने गोरखा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य मनकाजी श्रेष्ठ बताउछन् । ‘प्रशासनले अनुगमन ग¥यो त्यो राम्रो हो, तर सचेत गराउनुभन्दा सिधै कारवाहीमा उत्रिनु पक्कै राम्रो होइन,’ उनले भने ।

भात खाएको ठाउँमा सिता पोखिन्छ भन्दै उनले थपे, ‘एक दुई वटा सामानको म्याद सकिएको हुनसक्छ, त्यसमा सचेत पो गराउनुपथ्र्याे तर सिधै कारवाही गर्दा प्रशासनले आफ्नो हातमा भएको कानून अलि बढी नै प्रयोग गरेको हो की भन्ने हामीलाइ लागेको छ ।’

के भन्छन् प्रजिअ

प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई कानून अनुसार कारवाही गरिएको बताउछन् । उनी भन्छन्, ‘पहिलो पटक जरिवाना हुदाँ व्यवसायीले जरिवाना नभए हुन्थ्यो भन्नु स्वभाविक हो तर कानून अनुसार जरिवाना तोकेपछि तिर्नुको बिकल्प छैन ।’

चित्त नबुझेमा बाणिज्य आपूर्ती तथा उपभोक्ता हित संरक्षण बिभागमा पुनरावेदन गर्न जान व्यवसायीलाई प्रजिअ भट्टराइले सुझाव दिएका छन् । अनुगमनको उदेश्य व्यवसायीलाइ आतंकित गर्ने नभइ बजारमा भएको अनियममिततालाइ सच्चाउने प्रयास भएको उनले बताए । आगामी दिनमा अनुगमनले निरन्तरता पाउने उनको भनाइ छ ।

जफत गरिएका सामान नष्ट

अनुगमनको क्रममा जफत गरिएका म्याद गुज्रेका खाद्य सामग्रीहरु वुधवार नष्ट गरिएको छ । गोरखा नगरपालिका वडा नम्वर ८ को डम्पिङ साइडमा उक्त सामानहरु नष्ट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् ।

प्रशासन, प्रहरी, पत्रकार लगायतका सम्बन्धित निकायको रोहवरमा उक्त सामानहरु नष्ट गरिएको उनले जानकारी दिइन् । घ्यू, नरिवल, पास्ता, धुलो खुर्सानी, मसला लगायतका खाद्यान्न सँगै पेय पदार्थ पनि नष्ट गरिएको बताइएको छ ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda