चाडपर्वमा उत्सव र मेला महोत्सव नगर्न आग्रह
चाडपर्वमा उत्सव र मेला महोत्सव नगर्न आग्रह
नजिकिदै गरेको चाडपर्वमा मानिसहरु भेला गराई उत्सव र मेला नगर्न प्रशासनले आग्रह गरेको छ । बुधबार एक सूचना जारी गर्दै मानिसहरु भेला हुने कार्यक्रम गरे कारवाही गर्ने जानकारी गराएको हो ।
पछिल्लो समयमा जिल्लामा कोरोना संक्रमितको संख्या बढिरहेकाले संक्रमणको जोखिम न्यूनिकरणका लागी थप सर्तकता अपनाउन प्रशासनको आग्रह छ ।
‘स्वाब संकलन गरी परिक्षणको रिपोर्ट नआएका तथा लक्षण नभएका संक्रमितहरु जथाभावी हिडडुल नगरी स्वास्थ्य मापदण्डको पालना गरी घरमा वा आफ्नो पालिकाले तय गरेको स्थानमा बस्नु होला,’ सूचनामा भनिएको छ ।
यस्तै दशै तिहार, छठ लगायतका चाडपर्वहरुमा हुने नित्य पुजापाठ बाहेकका अन्य काममा मानिसहरु भेला भइ भजन कृतन लगायतका कार्यक्रम नगर्न पनि प्रशासनले आग्रह गरेको छ ।
मानिस भेला भएर शुभकामना आदान प्रदानको कार्यक्रम समेत गर्न सूचना मार्फत भनिएको छ । आग्रहलाइ अटेर गरे संक्रामक रोग ऐन २०२० अनुसार कारवाही हुने प्रशासनले चेतावनी दिएको छ ।