सन्दिप र सुबासलाई ‘फोटो कन्टेस्टेन्ट’ पुरस्कार
सन्दिप र सुबासलाई ‘फोटो कन्टेस्टेन्ट’ पुरस्कार
दारी ग्याङ्ग गोरखाद्धारा आयोजित ‘फोटो कन्टेस्टेन्ट’ प्रतियोगितामा सन्दिप सुनार पहिलो र दारी ग्याङ्ग गोरखाका सुवास अधिकारी दोस्रो भएका छन् ।
‘मेरो दारी मेरो सान, सुन्दर गोरखा हाम्रो अभियान’ भन्ने नाराका साथ प्रतियोगीता आयोजना गरिएको थियो ।फेसवुकमा दारी सहित पोष्ट गरिएको फोटोमा कमेन्ट, सेयर र पेज लाइकको आधारमा बिजेता घोषणा गरिएको आयोजकले जनाएको हो । प्रतियोगितामा ६४ जनाले सहभागिता जनाएका थिए ।
बिजेता घोषणा भएकाहरुलाइ शनिवार सदरमुकाममा एक कार्यक्रमका बिच पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा विभिन्न विधा गरी तीन जनालाई प्रंशसा पत्रले सम्मान गरिएको छ ।
आर्थिक व्यवस्थापन विभागका प्रमुख रविन श्रेष्ठ, दारी मेन अफ लाइफ सेभिङ सुमन कार्की र २०७६÷७७ का दारी आइडलका रुपमा रहेका महादेव वस्तीलाई प्रशसा पत्रद्धारा सम्मान गरिएको आयोजकले जनाएको छ ।
दारी ग्याङ्ग गोरखाको आब्हानमा रक्तदान गर्ने प्रविण श्रेष्ठ र शिवजी खड्कालाई पनि कार्यक्रमको अवसरमा सम्मान गरिएको छ ।
कार्यक्रमको अवसरमा दशैको शुभकामना आदान प्रदान समेत भएको बताइएको छ।