स्काउट पोशाक वितरण
स्काउट पोशाक वितरण
सिरानचोक गाउँपालिका–२ थालाजुङ स्थित आहाल भञ्ज्याङ माविका विद्यार्थीहरुलाई स्काउट पोशाक वितरण गरिएको छ ।
स्थानीय भीम बहादुर गुरुङले २४ जना विद्यार्थीहरुलाइ २० हजार रकम बराबरको पोशाक वितरण गरेका हुन् ।
विद्यालयमा शनिवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमका बिच उक्त पोशाक गुरुङले विद्यालयका प्रधानाध्यापक केशरसिंह बस्नेतलाइ हस्तान्तरण गरेका छन् ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धन बहादुर गुरुङको अध्क्षयतामा भएको कार्यक्रममा वडा अध्यक्ष ज्ञान बहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष जोक बहादुर गुरुङ लगायतको मन्तव्य राखेका छन् ।