सिङलासम्म सडक सञ्जाल जोडिदै
सिङलासम्म सडक सञ्जाल जोडिदै
धार्चे गाउँपालिका वडा नम्वर ५ को सिङला गाउँ सडक सञ्जालले जोडिने भएको छ ।
वडा नम्वर ४ लाप्राकको गुप्सीपाखाबाट सडकको नयाँ ट्रयाक खोल्ने काम भइरहेको वडा नम्वर ५ का अध्यक्ष तुल बहादुर गुरुङले बताए । उनका अनुसार सिङला गाउँसम्म सडक पुग्न अव केही मिटर मात्र बाँकी छ ।
‘यही दशैमा सिङला गाउँसम्म सडक पु¥याउने लक्ष्य थियो,’ उनले भने, ‘तर भिरपाखा, पहरा र ढुङ्गा बढी भएकाले समस्या बनायो ।’ तिहारसम्म सिङला गाउँमा सडक पुग्ने अपेक्षा गरिएको उनले बताए । सडक निर्माणका लागी गण्डकी प्रदेशबाट गत आर्थिक बर्ष डेढ करोड रकम प्राप्त भएको वडाध्यक्ष गुरुङ बताउछन् । वडाले पनि गत बर्ष ३० लाख रकम छुट्याएको उनले जानकारी दिए ।
‘त्यही सडक निर्माणका लागी जिल्ला समन्वय समितिले दुइ बर्ष अघि ५० लाख रकम उपलब्ध गराएको थियो,’ उनले भने । उक्त सडक सिङला हुदै खोर्ला, उहिया र चुमनुव्री गाउँपालिकाको सिर्दिवास पु¥याउने योजना रहेको उनले बताए ।
‘सिङलामा करिव तीन सय घुरधुरी छन्, उनीहरुको व्यापारिक केन्द्र की माछाखोला वा लाप्राक हो, यो सडक गाउँपुगेपछि उनीहरुलाइ लाप्राक आउन धेरै सहज हुन्छ,’ वडाध्यक्ष गुरुङले भने ।
त्यस्तै माछाखोला देखि गुम्दासम्मको सडक स्तरोन्नतीको काम पनि भइरहेको उनले जानकारी गराए ।