कुखुराको खोरमा कौडा खेलिरहेका १२ जना पक्राउ
कुखुराको खोरमा कौडा खेलिरहेका १२ जना पक्राउ
गोरखा नगरपालिका–४ पन्थेस्वाँराबाट १२ जना जुवाडे पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा आइतबार राति करिब ११ बजे कुखुराको खोरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुको साथबाट करिब डेढ लाख नगद र ३९ वटा कौडा बरामद गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले बताए ।
उनीहरुलाई जुवा ऐन अन्तरगत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।
चाडबाड नजिकिएसँगै जुवातास नियन्त्रणका लागि निगरानी बढाइएको गोरखा प्रहरीले जनाएको छ ।
जुवातास नखेल्न आग्रह गर्दै प्रहरीले खेलेको पाइएमा कानून अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।