जनता समाजवादी पार्टीकाे संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई
जनता समाजवादी पार्टीकाे संघीय परिषद् अध्यक्षमा डा. बाबुराम भट्टराई
जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी बैठकले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्षमा प्रस्ताव गरेको छ ।
सोमबारदेखि सुरु भएको बैठकले मंगलबार भट्टराईलाई परिषद्को अध्यक्षमा चयन गर्न लागेको हो ।
जसपाका कार्यकारिणी सदस्य मनीष सुमनले डा. बाबुराम भट्टराईलाई संघीय परिषद्को अध्यक्ष बनाउने प्रस्ताव भर्खरै पेस भएको र सर्वसम्मत पारित हुने बताए ।
‘डा. भट्टराईलाई संघीय परिषद् अध्यक्षमा प्रस्ताव भएको छ,’ बैठकमा सहभागी सुमनले भने, ‘यो प्रस्ताव पारित हुने निश्चित छ ।’ उनले संघीय परिषद्को सदस्यहरू केन्द्रीय समितिले तोक्ने तय भएकाे बताए ।
परिषद्को बैठक वर्षको एकपटक अनिवार्य बस्ने र पार्टी केन्द्रीय समितिको निर्णयलाई परिषद्ले अनुमोदन गर्ने प्रावधान भएको सुमनले जानकारी दिए । source:nayapatrika