गोरखा ट्राफिकको ‘चालक सँग एक मिनेट’ अभियान

गोरखा ट्राफिकको ‘चालक सँग एक मिनेट’ अभियान


सोमवार, कार्तिक २४, २०७७


गोरखा ट्राफिकको ‘चालक सँग एक मिनेट’ अभियान

स्थान ः गोरखा नगरपालिका–९ टक्सार
समय ः विहान ११ः३० बजे
आवुखैरेनी तर्फबाट गोरखा बजार आउदै गरेको ग १ ख ७४४३ नम्वरको ट्रक ट्राफिकले बजाएको सिठि सँगै रोकिन्छ ।
(चालक नजिक पुगेर) ट्राफिक ः (दुवै हात जोडेर) नमस्कार ।
चालक ः नमस्कार हजुर ।
ट्राफिक ः आवश्यक सबै कागजपत्र छ ?
चालक ः छ हजुर ।
ट्राफिक ः खै देखाउनुस् त !
चालक व्लू बुक र लाइसेन्स ट्राफिकलाइ दिन्छन् । आवश्यक कागजपत्र हेरेपछि,
ट्राफिक ः (सचेत गराउँदै) अहिले कोरोना संक्रमणको जोखिम पनि छ फेरी लक डाउन खुलेसँगै सवारीको चाप सडकमा बढेकाले दुर्घटनाको जोखिम पनि बढेको छ, त्यसैले कोरोना संक्रमण र सवारी दुर्घटनाबाट बच्न आवश्यक नियमहरु पालना गर्नुहोला ।

यति भन्दै ट्राफिकले आवश्यक कागजपत्र चालकलाई फिर्ता गर्छन् अनि चालक गाडी लिएर आफ्नो गन्तव्य तर्फ लाग्छन् ।



आइतवार जिल्लामा यो क्रम एक घण्टासम्म चल्यो । सो क्षेत्रमा गुडेका नीजि देखि सार्वजनिक सवारी साधन रोक्दै ट्राफिकले आवश्यक कागजपत्र चेकजाँच गर्ने र चालकलाइ एक मिनेट नियमवारे सम्झाउने ग¥यो । नियम पालना नगर्नेहरु कारवाही पनि परे ।

आइतवारबाट ‘चालक सँग एक मिनेट’ अभियान शुरु गरिएको जिल्ला ट्राफिक इन्चार्ज मित्रलाल ढकाल बताउछन् । ‘गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालयबाट आजबाट प्रदेशका सबै जिल्लामा अभियान संचालन गर्ने भन्ने निर्देशन भएकाले गोरखामा पनि यो अभियान शुरु गरेका हौ,’ उनले भने, ‘यो अभियान एक महिना सम्म चल्छ ।’ उक्त अभियान अन्तरगत सवारी दुर्घटना सँगै कोरोना संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागी चालकलाइ सचेत गराइने उनले बताए ।

‘जिल्लाको बिभिन्न ठाउँमा हामी चेकजाँचमा खटिन्छौ, सिट वेल्ट लाए नलाएको, आवश्यक कागजपत्र बोके नबोकेको सवारी नियम पालना गरे नगरेको बारेमा चेकजाँच गर्दै चालकलाइ एक मिनेट सचेत पनि गराउछौ,’ ढकालले भने । सवारी दुर्घटना न्यूनिकरण मुख्य उदेश्य रहेको उनको भनाइ छ ।

केही दिन अघि मात्र ट्राफिकले नमस्कार अभियान संचालन गरेको थियो । चालक र ट्राफिक बिचको सम्वन्ध सुधारका लागी संचालन गरिएको उक्त अभियान अहिले पनि जारी रहेको जिल्ला ट्राफिक इन्चार्ज ढकालले बताए ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda