आठ महिनापछि पर्यटकका लागी खुल्यो गोरखा संग्रहालय
आठ महिनापछि पर्यटकका लागी खुल्यो गोरखा संग्रहालय
कोभिड–१९ का कारण आठ महिना बन्द रहेको गोरखा संग्रहालय पर्यटकका लागी खुल्ला भएको छ ।
आइतवारबाट प्रद्धर्शनी कक्षहरु खुल्ला गरिएको संग्रहालय प्रमुख नवराज अधिकारीले बताए ।कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न भन्दै कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समितिको गत चैत्र ५ गते बसेको बैठकले संस्कृती तथा पर्यटनसँग सबन्धित नाँच घर, संग्रहालय बन्द गर्ने निर्णय गरेको थियो ।
कार्यालयका प्रशासनिक कामहरु भने संचालनमा थिए । गत कात्तिक २४ गतेको मन्त्रीपरिषदको बैठकले सरकारले तोकेको स्वास्थ्य मापदण्ड पुरा गरी मंसिर ५ गतेबाट संग्रहालय लगायत पर्यटन सँगै सम्बन्धित सेवा र कार्यहरु संचालन गर्न पाउने निर्णय ग¥यो ।
सोही निर्णय अनुसार आइतवारबाट पर्यटकका लागी संग्रहालय खुल्ला गरिएको अधिकारीले बताए । ‘हिजोबाट खोल्न पाउने भन्ने थियो, तर हामीले हिजो ह्याण्ड वास स्टेशन निर्माण गरेर कर्मचारी र सुरक्षाकर्मीलाई ओरेन्टेशन दियौ अनि आज बाट प्रद्धर्शनी कक्षहरु खुल्ला ग¥यौ,’ संग्रहालय प्रमुख अधिकारीले भने ।
संग्रहालय दरवार प्रवेश गर्ने मुल ढोकामा ह्याण्ड वासिङ स्टेशन निर्माण गरिएको उनले बताए । ‘संग्रहालय अवलोकन गर्न आउने पर्यटकहरु हात धोएर मात्र भित्र छिर्न पाउनेछन्, मास्क र भौतिक दुरी अनिवार्य छ,’ उनले भने । एक पटकमा बढीमा दश जना मात्र पर्यटकले संग्रहालय अवलोकन गर्न पाउने उनले जानकारी दिए ।
अवलोकनको क्रममा झ्याल ढोका नछुन पनि आग्रह गरिएको उनको भनाइ छ । ‘पर्यटकले संग्रहालय अवलोकन गर्दा पालना गर्नुपर्ने स्वास्थ्य सुरक्षा मापदण्डहरु भनेर फ्लेक्स बनाएर राख्छौ, पर्यटकले अनिवार्य ती मापदण्ड पालना गर्नुपर्छ,’ उनले भने ।
गत बर्षको तथ्याङ्क हेर्दा आठ महिना संग्रहालय बन्द हुदाँ करिव सात लाख राजश्व घाटा भएको अधिकारीले जानकारी दिएका छन् ।