१२२ बिद्यालयले अझै पाएनन् नयाँ भवन
१२२ बिद्यालयले अझै पाएनन् नयाँ भवन
भूकम्पले क्षति पुगेका जिल्लाका १२२ वटा विद्यालय भवन अझै पुननिर्माण भएका छैनन् ।
भूकम्पको पाँच बर्षमा पनि उक्त बिद्यालय भवनहरु पुननिर्माण हुन नसकेको हो ।पुननिर्माणको चरणमा रहेको जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षाले जनाएको छ । व्यवस्थापन समिति मार्फत पुननिर्माण भइरहेका ११०, मित्रराष्ट्र र अन्तराष्ट्रिय गैर सरकारी निकाय÷वित्तिय संस्थाले जिम्मा लिएको ८ र गैर सरकारी नियकाले जिम्मा लिएको ४ वटा विद्यालय भवनको पुननिर्माण सम्पन्न हुन नसकेको इकाइ प्रमुख बिष्णु प्रसाद मिश्रले बताए ।
हालसम्म भूकम्पले क्षति पुगेका ३२८ वटा विद्यालय भवन भने पुननिर्माण भइसकेको उनले जानकारी दिए । २०७२ सालको भूकम्पले जिल्लाको ४९० बिद्यालय भवनमा क्षति पु¥याएको थियो । ‘४९० मध्य ४० वटा बिद्यालय मर्ज भयो, पुननिर्माण गर्नुपर्ने ४५० विद्यालय हो,’ उनले भने ।
भूकम्पले क्षति पुगेका बिद्यालय भवन मध्य ३४२ वटा विद्यालय व्यवस्थापन समितिलाई, ७४ वटा मित्रराष्ट्र र अन्तराष्ट्रिय गैरसरकारी निकाय एवं वित्तिय संस्थालाई र ३४ वटा गैरसरकारी निकायलाई पुननिर्माणको जिम्मा दिइएको हो । विद्यालय व्यवस्थापन समिति मार्फत पुननिर्माण हुने ३४२ बिद्यालय मध्य २३२ पुननिर्माण भइसकेको इकाइ प्रमुख मिश्रले बताए ।
त्यस्तै मित्रराष्ट्र र अन्तराष्ट्रिय गैर सरकारी निकाय एवं वित्तिय संस्थाले जिम्मा पाएको ७४ वटा भवन मध्य ६६ वटा पुननिर्माण भइसकेको र गैरसरकारी निकायले जिम्मा पाएको ३४ विद्यालय भवन मध्य ३० वटा पुननिर्माण भइसकेको कार्यालयले जनाएको छ ।
भूकम्पले क्षति पुगेको अमरज्योती जनता मावि लुइटेल र भिमोदय मावि आरुघाटको भवन भने प्रवलिकरण भएको इकाइ प्रमुख मिश्रले बताए । सात भन्दा बढी बिद्यालय भवन प्रवलिकरणका लागी प्रस्ताव गरी पठाइएको उनको भनाइ छ ।