मालपोत कार्यालयको सेवाका लागी टोकन प्रणाली
मालपोत कार्यालयको सेवाका लागी टोकन प्रणाली
मालपोत कार्यालयबाट प्रवाह हुने सेवाका लागी समय तालिका निर्धारण गरिएको छ ।
कोरोना संक्रमण भएर केही कर्मचारी आइसोलेसनमै रहेका कारण सेवाका लागी बार छुट्याइएको कार्यालयले जनाएको हो । आइतवार, मंगलवार र बिहीवार धितो र पासको काम हुने कार्यालय प्रमुख देवेन्द्र थापा मगरले बताए ।
उनका अनुसार सोमवार, बुधवार र शुक्रवार जग्गाको कारोवार सम्बन्धी सेवा दिइनेछ । ‘धितो, फुकुवा र लिखितलाइ मात्र बार छ्ुट्याएका हौ,’ उनले भने, ‘नामसारी, प्रतिलिपी लगायतका सामान्य सेवालाइ कुनै समस्या छैन, कार्यालय खुलेको समयमा जहिले आएपनि हुन्छ ।’
सेवाग्राहीको चाप व्यवस्थापन गरी सहज रुपमा सेवा प्रवाह गर्न समय तालिका निर्धारण गरिएको उनले बताए । ‘आवश्यक दरवन्दी अनुसारको कर्मचारी छैनन्, हामी जम्मा १४ जना छौ, त्यही पनि तीन जना आइसोलेसनमै हुनुहुन्छ, सेवाग्राहीको चाप बढी छ, त्यसलाइ व्यवस्थित गर्न तालिका बनाएका हौ,’ मगरले भने ।
सेवाका लागी टोकन प्रणाली समेत लागू गरिएको उनको भनाइ छ । ‘यहा आउने सेवाग्राहीलाइ शुरुमा लिखित विवरण भरेर टोकन दिन्छौ, यति गते आउनुस् भनेर पठाउछौ, त्यो दिन उहाको काम हुन्छ,’ उनले भने ।
अहिले दैनिक बढीमा दश वटा सम्म घर जग्गा रोक्का फुकुवाको काम हुने गरेको उनले जानकारी दिए । त्यस्तै धितो बन्धकको काम बढीमा २५ वटा सम्म गर्ने गरेको उनले बताए ।‘६ जना कर्मचारीलाइ कोरोना भएको हो, तीन जना निको भएर काममा फर्किसक्नुभयो, तीन जना आइसोलेसनमै हुनुहुन्छ, उहाहरुको रिपोर्ट यो हप्ता भित्रमा आउला, रिपोर्ट नगेटिभ आयो भने मंसिर १९ गतेबाट टोकन प्रणाली र समय तालिका लागू हुदैन,’ उनले भने । अहिले दैनिक करिव ५०–६० जना सेवाग्राही हुने गरेको उनको भनाइ छ ।