केवलकार संचालन गर्न स्थानीयको माग

केवलकार संचालन गर्न स्थानीयको माग


मङ्लबार, मंसिर ९, २०७७


केवलकार संचालन गर्न स्थानीयको माग

करिव आठ महिना देखि बन्द रहेको मनकामना केवलकार संचालन गर्न स्थानीयले माग गरेका छन् ।

आइतवार वडा कार्यालयमा निवदेन बुझाइएको उद्योग बाणिज्य संघ मनकामना बजार इकाइका अध्यक्ष हरि श्रेष्ठले बताए ।



‘हाम्रो पहलमा आइतवार यहाका जनप्रतिनिधी, राजनितिक दल, व्यापारी, संघसंस्था लगायतका सरोकारवालाहरुको बैठक बस्यो,’ उनले भने, ‘बैठकले केवलकार संचालन गर्न वडा कार्यालयमा निवदेन दिने भन्ने निर्णय ग¥यो, सोही अनुसार वडा नम्वर २ र ३ को वडा कार्यालयमा हिजै निवदेन बुझायौ ।’

गाउँपालिकालाइ भने मौखिक जानकारी गराएको उनले बताए । यही मंसिर १५ गते भित्र केवलकार संचालन गर्न माग गरिएको उनले जानकारी दिए । मनकामना बजार यसअघि खुलिसकेको बताउदै श्रेष्ठले भने, ‘केवलकार मात्र बन्द हो, मोटरबाटोबाट भक्तजनहरु आइरहनु भएको छ, मन्दिर भित्र प्रवेश गर्न नपाएपनि वाहिरबाटै पुजाआजा गर्ने, नरिवल चढाउने गर्नुहुन्छ, बोका पनि मन्दिर वरपर पर्साएर होटलमा लगेर काट्ने गर्नभएको छ,’ उनले भने ।

केवलकार संचालक मनकामना दर्शन प्रालिलाइ पनि आफूहरुले अनुरोध गरिसकेको उनको भनाइ छ । बैठकमा अधिकांशले केवलकार संचालन गर्न सहमत देखिएको स्थानीय दिनेश जोशीले बताए ।

‘हामीले आज पालिका अध्यक्ष, प्रमुख प्रशासकिय अधिकृत लगायतका टोलीसँग छलफल ग¥यौ, उहाहरु पनि केवलकार संचालन गर्न सहमत हुनुहुन्छ,’ उनले भने । मन्दिर संचालनका लागी पनि आफूहरुले आवश्यक पहल गर्ने उनले जानकारी दिए । स्थानीय सहमत भए आफूहरु पनि संचालन गर्न तयार रहेको मनकामना दर्शन प्रालिका नायव प्रवन्धक उज्वल सेरचनले बताए ।

‘मठमन्दिर नखुलेका कारण समस्या भएको हो,’ उनले भने, ‘तर स्थानीयहरु सहमत भएर स्थानीय सरकार र प्रशासन तयार भए हामीलाइ पनि संचालन गर्न कुनै आपत्ति छैन ।’ संचालनका लागी एक हप्ताको समय दिनुपर्ने उनले बताए । कोभिड–१९ का कारण गत चैत्र ८ गतेबाट केवलकार बन्द रहदै आएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda