कोरोनाबाट गोरखामा ७५ वर्षीया वृद्धाको मृत्यु
कोरोनाबाट गोरखामा ७५ वर्षीया वृद्धाको मृत्यु
अनलाइन गोरखा न्युज
कोरोना संक्रमणबाट गोरखा नगरपालिका–६ की ७५ वर्षीया वृद्धाको मृत्यु भएको छ । उपचारको क्रममा शुक्रबार बेलुकी साढे आठ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि मंसिर ८ गते उनी अस्पताल भर्ना भएकी थिइन् । मंसिर ९ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनलाई अस्पतालको आइसियूमा राखेर उपचार गरिएको थियो ।
‘उहाँ विगत दश महिनादेखि हिँडडुल गर्न नसक्ने र ओछ्यानमै पर्नु भएको अवस्था रहेछ,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने, ‘अस्पताल आउँदा उहाँको अवस्था निकै कमजोर र निमोनिया थियो, उपचारको क्रममा मृत्यु भयो ।’