स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमको रकम बाडफाट

स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमको रकम बाडफाट


बुधबार, मंसिर १७, २०७७


स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रमको रकम बाडफाट

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड रुपैयाँ बजेटबाट जिल्लाका दुई निर्वाचन क्षेत्रमा ३०÷३० वटा योजना छनोट गरिएको छ ।

नेकपा नेता हरि अधिकारी निर्वाचित क्षेत्र नम्बर १ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई निर्वाचित क्षेत्र नम्बर २ मा ४ करोड रुपैयाँबाट ३०÷३० वटा योजना छनोट गरिएको हो । यो कार्यक्रमको बजेट आइसोलेसन व्यवस्थापन, सडक, भवन, मन्दिर–गुम्बा निर्माण, कम्पाउन्ड वाल, खेलमैदान निर्माणजस्ता योजना छनोट गरिएको छ । क्षेत्र नम्बर २ को बजेटबाट गोरखा नगरपालिकामा सात योजनाका लागि ८० लाख रकम छुट्याइएको छ ।



गोरखा नगरपालिकाको कोभिड–१९ आइसोलेसन भवन व्यवस्थापनका लागि २० लाख रुपैयाँ, आहाले भञ्ज्याङ–अर्घाैले गाउँ कृषि सडक, भुपाल गाउँ सामुदायिक भवन, वडा नम्बर ९ को तमु समाज अधुरो भवन निर्माण, वडा नम्बर १० छपन्न गल्ली–कोलवेणी–चितुवा स्वाँरा कृषि सडक, वडा नम्बर ११ को शिवालय मन्दिर– बडहरा सडकका लागि १०÷१० लाख रुपैयाँ छुट्याइएको छ ।

त्यस्तै वडा नम्बर १२ मा स्वास्थ्यचौकी छापगाउँ हुँदै दरौंदी नदीसम्म पुग्ने सडक, वडा नम्बर १४ भट्टवेशी खेलमैदान तथा रौदी खोला मर्चखोला सडकका लागि पनि १०÷१० लाख रुपैयाँ विनियोजन गरिएको जिल्ला समन्वय समितिका सूचना अधिकारी दिनेश चापागाईंले बताए ।

त्यस्तै पालुङटार नगरपालिका मा ११ योजनाका लागि १ करोड ४८ लाख रुपैयाँ रकम छ्ुट्याइएको छ । वडा नम्बर ३ असिमुरे– सिउरेनी–डुम्रीडाँडा–जलजले–पाथीभरा–आँपपीपल अस्पताल सडकका लागि २९ लाख, वडा नम्बर १ सुन्दरखोला–ठुलोगैरी–अन्नपूर्ण सडक तथा ज्योति चौतारा–लुँगा–वडा कार्यालय–चापाभञ्ज्याङ सडकका लागि १७ लाख रुपैयाँ विनियोजन गरिएको चापागाईले बताए ।

वडा नम्बर १ ज्योति चौतारा–वेलवास–कोलकाटे–खुर्पाजुङ सकड स्तरोन्नति र वडा नम्बर ४ वेलटार–मगरखोल्सा–घोप्टेस्वार–धारापानी–बाह्रपिर्के–छापथोक–न्यौपाने खोला सडकका लागि १५÷१५ लाख रकम परेको छ ।

वडा नम्बर २ हर्मीकोट दलित गुठी भवन तथा सिमपानी युवा क्लब भवन, वडा नम्बर ३ राउतेपानी सगरमाथा प्रावि भवन, वडा नम्बर ६ साम्पा छोयलिङ गुम्बा निर्माण तथा ताल पोखरी घेराबार, वडा नम्बर ८ ढापखेत कट्जाले जोड्ने तादीखोला पुल, वडा नम्बर ९ को टासी छोयलिङ गुम्बा निर्माण, वडा नम्बर ९ र १० मा विर्दी–भञ्ज्याङडाँडा–राम्चे सडक मर्मत र वडा नम्बर ७ दलित एकता उत्थान समिति भवन निर्माणका लागि १०÷१० लाख रुपैयाँ रकम विनियोजन भएको छ ।

सिरानचोक गाउँपालिकामा ६ योजनाका लागि ७५ लाख रकम छुट्याइएको छ । वडा नम्बर ५ भालुमारा–चित्रेगाउँ हुँदै चिहानडाँडा सडक स्तरोन्नतीका लागि २० लाख र वडा नम्बर ३ श्रीनाथ मण्डली सामुदायिक महिला सहकारी भवन निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ ।

वडा नम्बर १ डाँडवेशी कुडाँर हुँदै चिहानडाँडा सडक स्तरोन्नती, वडा नम्बर ६ नयाँसाघुँ जेष्ठ नागरिक केन्द्र भवन निर्माण, वडा नम्बर ७ लप्से सामुदायिक भवन तथा जुना कुमार स्मृति प्रतिष्ठान भवन निर्माण र सिरानचोक गाउँपालिका केन्द्रमा दलित एकता सञ्जाल पालिका स्तरीय भवन निर्माणका लागि १०÷१० लाख रुपैयाँ छुट्याइएको छ ।

अजिरकोट गाउँपालिकामा दुई वटा योजनाका लागि ३५ लाख रुपैयाँ छुट्याइएको छ । वडा नम्बर ४ जडिवुटी संकलन तथा प्रशोधन केन्द्रका लागि २० लाख र वडा नम्बर १ र ४ मा वालुवा–मिलिम–घ्याच्चोक–धन्सिरा सडक स्तरोन्नतिका लागि १५ लाख रुपैयाँ विनियोजन भएको छ । बारपाक सुलिकोट गाउँपालिकामा चार योजनाका लागि ५८ लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । वडा नम्वर १ बारपाक सामूहिक चिहानबाट मूल बाटो सडक निर्माणका लागि २० लाख, वडा नम्वर ७ वालुवा–जोगिडाँडा सडक स्तरोन्नतीका लागि १८ लाख, वडा नम्वर ६ को ताकुकोट कृषि सहकारी कृषि उपज संकलन केन्द्र र वडा नम्बर ८ को पन्द्रुङ लिफ्टिङ खानेपानी आयोजनाका लागि १०र१० लाख रुपैयाँ छुट्याइएको छ ।

क्षेत्र नम्बर १ मा कुन कुन योजना ?

यो निर्वाचन क्षेत्रको बजेटमध्ये गोरखा नगरपालिकामा ४७ लाख ४० हजार रुपैयाँ छुट्याइएको छ । कोभिड व्यवस्थापनका लागि २५ लाख ४० हजार, गोरखा क्याम्पस कम्पाउण्ड पर्खाल निर्माणका लागि १० लाख, वडा नम्बर १ को दिव्यज्योति नेपाल युवाक्लव भवन निर्माणका लागि १२ लाख रकम विनियोजन गरिएको जिससका सूचना अधिकारी चापागाईंले बताए ।

शहीद लखन गाउँपालिका वडा नम्बर २ ढाँडबारीमा खेलमैदान निर्माणका लागि १४ लाख, वडा नम्बर १ को महेन्द्रशक्ति माविको कम्पाउण्ड निर्माणका लागि १२ लाख, वडा नम्बर ९ को राधाकृष्ण मन्दिर मर्मत, वडा नम्बर ७ को भँगार खेलकुद मैदान निर्माण, वडा नम्बर ४ ताक्लुङमा वडा स्तरीय खेलमैदान निर्माण र वडा नम्बर ८ मैलुङको दलित सामुदायिक भवन निर्माणका लागि १० र १० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

शहीद लखन गाउँपालिकामा कुल ६६ लाख रुपैयाँ विनियोजन भएको हो । गण्डकी गाउँपालिकामा ५९ लाख रुपैयाँ छुट्याइएको छ । वडा नम्बर ६ र ७ को ज्यामिरघाट–कौदी हुदै फिस्लिङ सडक स्तरोन्नतिका लागि १५ लाख, वडा नम्बर ५ खाल्थोकमा स्मरण युवा क्लबको भवन निर्माण र वडा नम्बर २ दलभञ्ज्याङको वुद्धस्मृति युवाक्लबको भवन निर्माणका लागि १२÷१२ लाख रुपैयाँ परेको छ ।

त्यस्तै वडा नम्बर ३ फुजेलको भैरवाश्रम माविको कम्पाउण्ड निर्माण र वडा नम्बर ८ नयाँगाउँमा खेलकुद मैदान निर्माणका लागि १०÷१० लाख रुपैयाँ छुट्याइएको छ ।

भीमसेन थापा गाउँपालिका वडा नम्बर ४ धावाको प्रभात माविको भवन निर्माण र वडा नम्बर ५ बगुवा लामाचौरबाट वडा कार्यालय जाने बाटो ढलानका लागि १५÷१५ लाख छुट्याइएको छ ।

त्यस्तै वडा नम्बर ६ अश्राङको नवजागृतिचण्डी माविको कम्पाउण्ड निर्माणका लागि १३ लाख, वडा नम्बर ७ र ८ सिमलटार–महादेवटार–घाटवेशी सडकको कल्भर्ट निर्माणका लागि १२ लाख रुपैयाँ विनियोजन भएको छ । भीमसेन थापा गाउँपालिकामा कुल ५५ लाख रुपैयाँ विनियोजन गरिएको हो ।

आरुघाट गाउँपालिका वडा नम्वर ९ को भीमोदय क्याम्पसमा टेवा पर्खाल निर्माण, वडा नम्बर १ मान्बुको द रियल युवा क्लवको खेलमैदान निर्माण र वडा नम्वर ५ आर्खेत–वयाक– भोगटेनी–चिसापानी सडक स्तरोन्नतीका लागि १५र१५ लाख, वडा नम्वर ८ आरुपोखरीमा शहीद स्मृति भवन निर्माणका लागि १२ लाख गरी आरुघाट गाउँपालिकामा ५७ लाख रुपैयाँ विनियोजन गरिएको छ । धार्चे गाउँपालिकामा ६७ लाख रुपैयाँ रकमका योजना छनोट गरिएको छ ।

वडा नम्बर ५ गुम्दाको धार्चे आमासमूह भवन निर्माणका लागि २५ लाख, वडा नम्बर २ केरौंजामा केरौंजा युवा क्लबको भवन निर्माणका लागि १२ लाख र वडा नम्बर ६ काशीगाउँको मञ्जुश्री माविको घेराबार, वडा नम्बर ३ दुङ्ला सडक निर्माण र वडा नम्बर १ हुलचुकमा गोरेटो निर्माणका लागि १०र१० लाख रुपैयाँ छुट्याइएको छ ।

चुमनुब्री गाउँपालिका–४ मा स्याउखेती, घेराबार र हेलिप्याड निर्माणका लागि २० लाख, वडा नं. ३ जगतमा आमोस कृषि फर्म प्रवद्र्धनका लागि १५ लाख र वडा नं. ७ छुलेखोला पहिरो नियन्त्रणका लागि १० लाख रुपैयाँ छुट्याइएको छ ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda