अधिकांश पसल दर्ता विना संचालन
अधिकांश पसल दर्ता विना संचालन
गोरखा नगरपालिकाका अधिकांश पसल विना दर्ता संचालनमा रहेको पाइएको छ ।
गण्डकी प्रदेश जिल्ला स्तरीय अनुमगन समितिले शुक्रबार बजार अनुगमन गर्दा अधिकांश पसल दर्ता विना संचालनमा रहेको पाइएको हो । समितिले नगरपालिकाको लक्ष्मी बजार, विरेन्चोक र दश किलोमा रहेका होटल, किराना, कस्मेटिक औषधी लगायतका पसलहरुको अनुगमन गरेको हो ।
‘करिब २० भन्दी बढी पसलको अनुमगन ग¥यौ,’ अनुमगन समितिका संयोजक घरेलु तथा साना उद्योग कार्यालयका जिल्ला प्रमुख दिनेश पौडेलले भने, ‘धेरै पसलहरु दर्ता भएको पाइएन ।’
साइन बोर्ड र मूल्य सूची नराखिएको र व्यवसाय दर्ता तथा नवीकरण समेत नगरेको पाइएको उनले बताए । ‘केही औषधी र किराना पसलमा म्याद नाघेको सामग्री समेत भेट्यौ, त्यसलाई तत्काल नष्ट गर्न निर्देशन दियौ,’ उनले भने ।
पहिलो चरणको अनुगमन भएकाले पसल दर्ता गर्न र मूल्य सूचि राख्न निर्देशन दिएको पौडेलले बताए ।
अर्को पटकको अनुगमनमा यस्तो पाइएमा आवश्यक कारवाही गरिने उनले जानकारी दिए । अनुगमनमा उद्योग वाणिज्य संघ, चेम्बर अफ कर्मस, जिल्ला प्रशासन कार्यालय, लगायतका प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।