पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारवाही गर्न माग
पत्रकारलाई ज्यान मार्ने धम्की दिनेलाई कारवाही गर्न माग
गोरखा अस्पतालका चिकित्सक माथि हातपात र दुव्र्यवहार गरेको समाचार प्रकाशन गरेको बिषयलाइ लिएर पत्रकार राजेन्द्र न्यौपानेलाई गाली गलौच गर्दै ज्यान मार्ने धम्की दिएको प्रति नेपाल पत्रकार महासंघ गोरखा शाखाले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
आइतवार प्रेस बिज्ञप्ती जारी गर्दै समाजमा आतंक फैलाउदै समाचार लेखेवापत पत्रकारलाई गुण्डागर्दी शैलीमा धम्की दिएको प्रति घोर भत्र्सना गरिएको महासंघले जनाएको हो ।
धम्की दिने उपर कडा कारवाही गर्न महासंघले माग गरेको छ ।
समाचार लेखेको बिषयलाइ लिएर नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य रहेका न्यौपानेलाइ शनिवार बेलुकी गोरखा नगरपालिका–५ सतिपिपल घर बताउने रचन परियारले गाली गलौच गर्दै ज्यान मार्ने धम्कि दिएको बिज्ञप्तिमा भनिएको छ ।
धम्की दिने परियार नेपाल दलित बिद्यार्थी संघ गोरखाका अध्यक्ष एवं नेपाल बिद्यार्थी संघ गोरखा जिल्ला कार्यसमिति सदस्य समेत रहेको बताइएको छ ।