सबै सेवा दिन चिकित्सकहरु तयार
सबै सेवा दिन चिकित्सकहरु तयार
आइतवारदेखि ठप्प रहेको गोरखा अस्पतालको आकस्मिक वाहेकका अन्य सेवा सुचारु हुने भएको छ ।
आजबाट सबै सेवा दिने अस्पतालका चिकित्सकहरुले बताएका छन् ।शनिवार सुत्केरी महिलाको उपचारको बिषयलाइ लिएर विवाद हुदाँ बिरामीका आफन्त र चिकित्सक बिच बिवाद भएको थियो ।
विवादको क्रममा आफूहरुमाथि हातपात गरेको भन्दै चिकित्सकहरुले बिरोध स्वरुप आइतवारबाट आकस्मिक बाहेका अन्य सेवामा सहभागी नहुने बताएका थिए ।
हातपात र दुव्र्यवहार गर्नेलाई कारवाहीको नगरे सम्म सेवा नदिने उनीहरुको अडान थियो । तर सोमवार जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको चिकित्सक र प्रशासन बिच छलफलबाट चिकित्सकहरु सेवामा फर्कन तयार भएका हुन् ।
‘ंप्रशासनले सुरक्षाको प्रत्याभूती गराउछु भन्यो, फेरी छानविन समितिले छानविन पनि गरिरहेको छ, त्यसैले भोलीबाट सबै सेवामा सहभागी हुने सहमति गरेका हौ,’ अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट नविन थापाले भने ।
चिकित्सकलाइ आवश्यक सुरक्षा व्यवस्था प्रशासनले मिलाउने र घटनाको दोषीलाइ कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराइले बताए । ‘चिकित्सकलाइ आवश्यक सुरक्षा व्यवस्था मिलाउछौ भनेका छौ, छानविन समितिले दोषी ठहर गरेको व्यक्तिलाइ कानूनी कारवाही पनि हुन्छ,’ उनले भने ।
सुरक्षाको प्रत्याभूती दिलाउदै सेवा प्रवाह नरोक्न भने पश्चात चिकित्सकहरु काममा फर्कन तयार भएको उनले बताए ।