राक्सिराङमा बन्यो पालिकास्तरको मानवअधिकार समन्वय समिति

राक्सिराङमा बन्यो पालिकास्तरको मानवअधिकार समन्वय समिति


मङ्लबार, मंसिर ३०, २०७७


राक्सिराङमा बन्यो पालिकास्तरको मानवअधिकार समन्वय समिति

राक्सिराङ गाउँपालिकामा मानवअधिकार समन्वय समिति गठन भएको छ । राष्ट्रिय मानवअधिकार आयोग बाग्मती प्रदेशको आयोजना तथा राक्सिराङ गाउँपालिकाको संयोजनमा भएको मानवअधिकार सम्बन्धी एकदिने भेलाले पालिका स्तरीय मानवअधिकार कार्ययोजना कार्यान्वयनको लागि स्थानीय तह समन्वय समिति गठन गरेको हो ।

अति सिमान्तकृत समुदायको हक हित संरक्षणको लागि मानव अधिकार विषयक उक्त कार्यक्रम राष्ट्रिय जनवकालत मंच नेपाल ९नाफान ० को सहकार्यमा सम्पन्न भएको थियो । गाउँपालिका क्षेत्रका जातजाति, स्थानीय संघसंस्था, मानव अधिकारकर्मी आदिको सहभागिता रहेको उक्त भेलामा आएका सहसचिव यज्ञप्रसाद अधिकारी, जनजाति महासङ्घका केन्द्रीय अध्यक्ष जगत बराम लगायतले मानव अधिकारका सवालमा प्रस्तुतिकरण गरेका थिए ।



पाँचवर्षे मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयनमा राक्सिराङ गाउँपालिका बाग्मती प्रदेशमा पहिलो स्थानीय तह भएको आयोगका निर्देशक अधिकारीले बताएका छन । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको संयोजकत्व उक्त समन्वय समिति गठन भएको हो ।

समितिमा गाउँपालिका अध्यक्षसहित, सबै वडाका वडाध्यक्ष, नागरिक समाजका प्रतिनिधि सदस्य रहने र गाउँपालिकाका प्रशासकीय अधिकृत सदस्य सचिव रहने गरि समिति बनाइएको अध्यक्ष मल्लले बताए ।
उक्त छलफल कार्यक्रममा चेपाङ तथा तामाङ समुदायको जमिन अधिकार, बालबिबाह, शिक्षा, पोषण, खाद्यान्न, बाटोघाटो लगायतका विषयमा सहभागीहरुले जिज्ञासा राखेका थिए ।

पालिका स्तरमा गठित समन्वय समितिले आफ्नो कार्ययोजना बनाएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।

 


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda