कोभिड–१९ को जोखिम न्यूनिकरण बिषयक अन्तरक्रिया
कोभिड–१९ को जोखिम न्यूनिकरण बिषयक अन्तरक्रिया
जिल्लाका नागरिक समाज र पत्रकारविच कोभिड(१९ को जोखिम न्यूनिकरणका लागि नागरिक समाज र सञ्चार जगत विच साझा मुद्वा तयार गर्ने विषयमा छलफल भएको छ ।
इन्सेकले गठन गरेको मानव अधिकार सञ्जाल गोरखाका सदस्य रमेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमका वक्ताहरुले कोभिड–१९ जोखिम न्यूनिकरणका लागि पत्रकार र नागरिक समाजको भूमिका अझै सक्रिय हुनुपनमा जोड दिए ।
परिक्षणको दायरा मात्र घटेको तर जोखिम कायम रहेको नागरिक साझा सवाल गोरखाका संयोजक तथा अधिवक्ता स्थानेश्वर दवाडीले बताउनुभयो । होम आइसोलेसनमा रहेका संक्रमितलाई आवश्यक रेखदेख नपुगेको उहाले बताउनुभयो ।
गाउँगाउँमा कोरोना जोखिम न्यूनिकरणका लागि सचेतनामुलक कार्यक्रम गर्नुपर्नेमा गैरसरकारी संस्था महासंघका अध्यक्ष सिताराम श्रेष्ठले जोड दिनुभयो ।
पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोर जंग थापाले परिक्षण गर्न चाहन्छु भन्नेले पनि कोरोना परिक्षण गर्न नपाउने अवस्था आएको बताउनुभयो स्थानीय तहले कोराना न्यूनिकरणका लागि कति खर्च गरे सार्वजनिक गर्नुपर्ने महिला मानव अधिकार सञ्जालकी संयोजक सावित्रि भट्टले बताउनुभयो । सवै स्थानीय तहमा कोराना महामारी नियन्त्रणमा एकरुपता नभएको मानव अधिकार तथा शान्ति समाजका सिताराम तिवारीले बताउनुभयो । कार्यक्रममा नागरिक समाज तथा पत्रकारको उपस्थित रहेको थियो ।