सिद्धबाबा मन्दिरको प्रचारप्रसार गर्न जुटे स्थानीय
सिद्धबाबा मन्दिरको प्रचारप्रसार गर्न जुटे स्थानीय
पालुङटार नगरपालिका स्थित धुवाकोटमा रहेको सिद्धबाबा मन्दिरको प्रचारप्रसारमा स्थानीय जुटेका छन् ।
मंगलबार गण्डकी प्रदेशका प्रदेश सांसद हरिशरण आचार्य सहितको टोलीले मन्दिर परिषरको अवलोकन गरे ।अवलोकन पश्चात पालुङटार नगरपालिका ९ स्थित सिस्नेरीको भेदीमा भएको कार्यक्रमालाई सम्बोधन गर्दै प्रदेश सांसद आचार्यले ऐतिहासिक महत्वको उर्जाकर गर्दै मन्दिरको प्रसारप्रचार गर्नुपर्नेका जोड दिए ।
सिस्नेरी गाउँ जाने मोटर स्तरउन्नतीका लागि पहल गर्ने उनले बचन दिए ।
करिब चार सय वर्ष पहिले मन्दिरसँगै रहेको कोटमा राजा रजौटाले राज्य गरेको भग्नावशेष अभैm देख्न सकिन्छ ।कार्यक्रममा सांसद आचार्य, जनता समाजवादी पाटी जिल्ला सदस्य कविन्द्र अधिकारी, जनजाति महासंघ पानपाका–९ अध्यक्ष कलकारा राना लगायतले मन्तव्य राखेको स्थानीय कृष्ण थापाले बताए ।