संसद बिघटनको नागरिक समाज एवं संघसंस्थाको बिरोध
संसद बिघटनको नागरिक समाज एवं संघसंस्थाको बिरोध
असंवैधानिक, स्वेच्छाचारी एवं अलोकतान्त्रिक तवरबाट प्रतिनिधी सभा बिघटन गरेको भन्दै जिल्लामा क्रियाशिल नागरिक समाज एवं संघ संस्थाका सदस्यहरुले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।
मंगलवार नागरिक साझा सवाल गोरखाले प्रेस बिज्ञप्ति जारी गर्दै नेपाली नागरिकहरुको अभिमतलाई कुल्चदै गरिएको प्रतिनिधी सभाको विघटनको कार्यले देश प्रतिगमनतर्फ धकेलिएको बताएको छ ।
उक्त प्रतिगामी कार्यको निन्दा र भत्सर्ना समेत गरिएको बिज्ञप्तिमा उल्लेख छ । प्रतिनिधी सभा विघटनको कार्यलाई सच्याई लोकतन्त्रको मूल्य र मान्यतालाई संस्थागत गर्न आग्रह समेत गरिएको छ ।
यता प्रधानमन्त्री र राष्ट्रपतिद्धारा संसद बिघटन गरेर गैर संवैधानिक कार्य गरेको भन्दै जनता समाजवादी पार्टी सिरानचोकले बिरोध प्रदर्शन गरेको छ ।बिरोध स्वरुप उनीहरुले निकालेको ¥याली चित्रेपोखरी स्थित गाउँपालिकाको कार्यालयमा पुगेर कोण सभामा परिण भएको थियो । जसपाका गाउँपालिका संयोजक दिपक भट्टको अध्यक्षतामा भएको कोणसभामा गोरखा निर्वाचन क्षेत्र नम्वर २ ख का पार्टी संयोजन समितिका संयोजक ज्ञान प्रसाद ढकाल, वडा नम्वर ५ का अध्यक्ष सन्तोष गुरुङ लगायतले सम्बोधन गरेका थिए ।