१८३ बिद्यार्थीलाई न्यानो कपडा
१८३ बिद्यार्थीलाई न्यानो कपडा
अजिरकोट गाउँपालिका(५ मा रहेका तीन वटा बिद्यालयका बिद्यार्थीलाइ न्यानो कपडा वितरण गरिएको छ ।
मुच्चोकटार आधारभूत विद्यालय, ताराचन्द्र मावि कसुण्डे र झक्रपुरी प्राथमिकत बिद्यालय ढिस्काका कक्षा १ देखि ५ सम्म अध्ययनरत बिद्यार्थीलाइ ज्याकेट वितरण गरिएको हो ।]मुच्चोकको आम्थुङ्ग स्थायी घर भई हाल काठमाण्डौ बस्दै आएका दाजुभाई शित्तल र अजित ढकालले तीन विद्यालयका १८३ जना बिद्यार्थीलाइ ज्याकेट वितरण गरेका हुन् ।
विद्यालय व्यवस्थापन समिति, शिक्षक र सरोकारवालाको उपस्थितीमा बिद्यालय परिसर पुगेर बिद्यार्थीलाई ज्याकेट वितरण गरिएको स्थानीय वासुदेव देवकोटाले बताए ।
यसअघि पनि उनीहरुले अन्य बिद्यालयका बिद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरेका थिए।