लागू औषध सहित एक पक्राउ
लागू औषध सहित एक पक्राउ
लागू औषध सहित जिल्लाका एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोरखा नगरपालिका–७ बतासेका २१ बर्षीय नविन नेपाली रहेको प्रहरीले जनाएको छ ।नेपालीको साथबाट प्रहरीले ३८ थान डाईजेपाम एम्पुल, ३७ थान नुफिन एम्पुल र ३५ थान फेनारगन एम्पुल बरामद गरिएको डिएसपी वासुदेव खतिवडाले बताए ।
‘गोप्य सूचनाको आधारमा गोरखा नगरपालिका वडा नम्वर ६ पुरानो बसपार्क स्थित सार्वजनिक स्थानमा नेपालीको झोला खानतलासी गर्दा झोलाभित्र कालो रङको प्लाष्टिकमा लागू औषध लुकाएर राखेको अवस्थामा भेटेपछि उनलाइ पक्राउ गरेका हौ,’ उनले भने ।
आइतवार पक्राउ परेका नेपालीलाई सोमवार लागू औषध शिर्षकमा मुद्धा दर्ता भएको डिएसपी खतिवडाले बताए ।
जिल्ला अदालतबाट २० दिनमो म्याद थप गरेर अनुसन्धान भइरहेको उनले जानकारी दिए ।