बिद्यार्थीलाइ स्वीटर र शैक्षिक सामग्री वितरण
बिद्यार्थीलाइ स्वीटर र शैक्षिक सामग्री वितरण
बारपाक सुलिकोट गाउँपालिका–८ स्थित जराङका ब्रम्हचारिणी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वीटर र शैक्षिक सामग्री वितरण गरिएको छ ।
रोटूयाक्ट क्लव अफ बज्र मनास्लु गोरखाले मंगलबार एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत कक्षा १ देखि ८ सम्मका ४४ जना विद्यार्थीलाइ स्वीटर र शैक्षिक सामग्री वितरण गरेको हो ।
तातो प्रोजेक्ट अन्तरगत उक्त सामग्री वितरण गरिएको क्लवका अध्यक्ष चिज कुमार श्रेष्ठले बताए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, निवर्तमान अध्यक्ष अनुशा श्रेष्ठ, सचिव सन्दिप बयलकोटी लगायतको उपस्थिति रहेको थियो ।