भीमसेन थापा गाउँपालिका अध्यक्ष सहित ६ जनामा कोरोना पुष्टी
भीमसेन थापा गाउँपालिका अध्यक्ष सहित ६ जनामा कोरोना पुष्टी
जिल्लामा बुधबार थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भीमसेन थापा गाउँपालिका अध्यक्ष इश्वर पाण्डे र उनका चालक सहित शहिद लखन गाउँपालिका र गोरखा नगरपालिकाका २÷२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
शहिद लखन गाउँपालिकाका संक्रमित वडा नम्बर ७ का ३४ वर्षीया महिला र ३७ वर्षीय पुरुष रहेका छन् ।
गोरखा नगरपालिकाका संक्रमित वडा नम्बर ५ का ३२ वर्षीय पुरुष र वडा नम्बर ११ का ३७ वर्षीया महिला रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।