नयाँ बसपार्क टोल विकास सस्थाको अध्यक्षमा घिमिरे
नयाँ बसपार्क टोल विकास सस्थाको अध्यक्षमा घिमिरे
नयाँ बसपार्क टोल विकास संस्थाको १० औँ वार्षिक साधारण सभा तथा ५ औँ अधिवेशन सम्पन्न भएको छ ।
शनिबार तनँहुको आदिमुलमा भएको अधिवेशनले दामोदर घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा दिपक बाबु श्रेष्ठ, सचिवमा सुर्यमाया श्रेष्ठ, सहसचिवमा डिल बहादुर श्रेष्ठ, कोषाध्यक्षमा छल बहादुर थापा मगर चयन भएका छन् । सदस्यहरुमा हरीराम अधिकारी, बाबुराम श्रेष्ठ, कमला बस्नेत, सोविता दानी चयन भएको अध्यक्ष घिमिरेले बताए ।
संस्थाको अध्यक्ष सरस्वती घिमिरेको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गोरखा नगरपालिका–७ अध्यक्ष विष्णु प्रसाद श्रेष्ठ, नयाँ बजार छिपिटोल टोल विकास संस्थाका अध्यक्ष ओम श्रेष्ठ लगायत संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।