सात बुदेँ घोषणापत्र जारी गर्दै पत्रकार महासंघको दशौ साधारणसभा सम्पन्न
सात बुदेँ घोषणापत्र जारी गर्दै पत्रकार महासंघको दशौ साधारणसभा सम्पन्न
सात बुदे घोषणापत्र जारी गर्दै नेपाल पत्रकार महासंघ गोरखा शाखाको दशौ साधारणसभा सम्पन्न भएको छ ।
पालुङटार नगरपालिका–२ स्थित लिगलिगकोटमा शनिवार भएको सभाले ऐतिहासिक तथा पुरातात्विक लिगलिगकोट दरवार क्षेत्रको संरक्षण सँगै उक्त क्षेत्रको समग्र बिकासका लागी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।
पालुङटार बिमानस्थल पुनः संचालन तथा मध्यपहाडी लोकमार्ग द्रुत गतिमा निर्माण सम्पन्न गर्न माग समेत गरिएको महासंघका गोरखा अध्यक्ष किशोरजंग थापाले बताए । ‘वर्तमान राष्ट्रिय राजनितिक घटनाक्रमले लोकतन्त्र को सवंद्र्धनमा संकट उत्पन्न हुन सक्ने अबस्था देखा परेको हुदा सर्वपक्षीय ढंगबाट समस्या समाधान गर्न आग्रह समेत गरेका छौ,’ उनले भने ।
सदस्यता शुद्धिकरण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने सभाले घोषणा गरेको छ । पत्रकार क्षमता अभिवृद्धि तथा वृत्ति विकासका कार्यक्रम सञ्चालनका लागि जिल्लाका स्थानीय तह तथा अन्य संघसंस्थाहरुसँग सहकार्य तथा सहयोगको अपेक्षा समेत महासंघले गरेको छ ।
कार्यक्रमकै अवसरमा हाल पत्रकारिता क्षेत्रमा क्रियाशिल नरहेका पत्रकार महासंघ गोरखा शाखाका ११ जना साधारण सदस्यहरुलाइ सम्मानका साथ बिदाइ गरिएको छ ।
कार्यक्रममा महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्य, पालुङटार नगर प्रमुख दिपक बाबु कडेल, गोरखा नगर प्रमुख राजनराज पन्त, पालुङटार नगर उपप्रमुख पम्फा बसेल, प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झा, महासंघका उपाध्यक्ष बिपुल पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।