पत्रकार श्रेष्ठ पुरस्कृत
पत्रकार श्रेष्ठ पुरस्कृत
पत्रकार भिमलाल श्रेष्ठ तुलसी स्मृती पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल पत्रकार महासंघ गोरखा शाखाले दशौ साधारण सभाको अवसर पारेर श्रेष्ठलाइ पुरस्कृत गरेको हो ।
शनिवार लिगलिगकोटमा भएको कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले नगद दश हजार सहित श्रेष्ठलाइ खादा ओडाएर कदरपत्रले सम्मान गरेका हुन् ।
दुई दशकदेखि जिल्लामा पत्रकारिताको माध्यमबाट समाज बिकासमा महत्वपूर्ण योगदान गरेको भन्दै श्रेष्ठलाई सम्मान गरिएको पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापाले बताए ।
श्रेष्ठ पत्रकार महासंघ गोरखा शाखाका पूर्व अध्यक्ष एवं कान्तिपुर टेलिभिजनका जिल्ला सम्वाददाता पनि हुन् ।