अपाङ्गता भएकाहरुको गुनासो ः ‘भौतिक देखि सामाजिक समस्या भोग्नुप¥यो’
अपाङ्गता भएकाहरुको गुनासो ः ‘भौतिक देखि सामाजिक समस्या भोग्नुप¥यो’
अपाङ्गता भएकाहरुले भौतिक देखि सामाजिक समस्या भोग्नु परेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।
आइतवार जिल्ला सदरमुकाममा भएको अपाङ्गता भएका व्यक्तिहरुको समावेशी पहुँच र सशक्तिकरणमा संचार माध्यमको भूमिका बिषयक कार्यशाला गोष्ठीमा सहभागीहरुले जिल्लाका अधिकांश सरकारी कार्यालय भवनहरु अपाङ्गमैत्री नहुँदा सेवा लिन समस्या भएको बताए । जिल्लाको ग्रामिण सडकमा चल्ने सवारीमा आरक्षण सिट लागू नभएको उनीहरुले बताएका छन् ।
गाउँघरमा हुने कार्यक्रमहरुमा आफूहरुलाइ सहभागी गराउन नखोज्ने गरेको कार्यक्रममा सहभागी अपाङ्गता भएका व्यक्तिहरुको गुनासो छ । अपाङ्गता भएका व्यक्तिहरुलाइ हेर्ने दृष्टिकोणमा अझै परिवर्तन हुन नसकेको उनीहरुले बताएका छन् ।
त्यस्तै अपाङ्गता भएका व्यक्तिहरुका लागी बनेका नियमकानून पूर्ण रुपमा कार्यान्वयन नभएको समेत उनीहरुले गुनासो गरेका छन् । नेपाल अपाङ्ग महिला संघको आयोजनामा कार्यक्रम भएको हो । संघकी गोरखा अध्यक्ष गिता श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष किशोरजंग थापा, गोरखा नेत्रहिन संघका अध्यक्ष पवन कुमार बस्नेत लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाल अपाङ्ग महिला संघकी रत्ना गुरुङले अपाङ्गता भएकाहरुको अवस्था र समस्या बारे सहजिकरण गरेकी थिइन् ।