कसिन्थोक टोल बिकासमा पौडेल
कसिन्थोक टोल बिकासमा पौडेल
भीमसेन थापा गाउँपालिका–५ वगुवाको कसिन्थोकमा टोल बिकास संस्थाको नयाँ कार्यसमिति गठन भएको छ ।
बिहीवार भएको स्थानीयको भेलाले कुविर पौडेलको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा परशुराम भट्ट, सचिवमा रामकुमार श्रेष्ठ र कोषाध्यक्षमा शोभा पौडेल चयन भएका छन् ।
सदस्यहरुमा साधुराम भट्ट, दिपक भट्ट, बिष्णु प्रसाद भट्ट, सिता भट्ट, कोपिला भट्ट, पदम बहादुर भट्ट र कृष्ण भट्ट रहेका छन् ।