छिपिटोल नयाँबजार टोल बिकासमा श्रेष्ठ
छिपिटोल नयाँबजार टोल बिकासमा श्रेष्ठ
गोरखा नगरपालिका वडा नम्वर ७ को छिपिटोल नयाँबजार टोल बिकास संस्थाको १५ औ बार्षिक साधारण सभा एवं सातौ अधिवेशन सम्पन्न भएको छ । शुक्रवार भएको अधिवेशनले ओम बहादुर श्रेष्ठको अध्यक्षतामा ८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा बिष्णु प्रसाद श्रेष्ठ, सचिव सहदेव प्रसाद श्रेष्ठ, कोषाध्यक्ष कृष्ण कुवँर श्रेष्ठ र सहसचिवमा लक्ष्मी श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा भोला बस्नेत, शान्ता श्रेष्ठ, पूर्णमान श्रेष्ठ रहेका छन् । लेखा संयोजकमा शिव प्रसाद श्रेष्ठ चयन भएका छन् ।
वडा नम्वर ७ का अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा १७ लाख १० हजार ७३१ रुपैयाको आयव्यय विवरण प्रस्तुत गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा संस्थाका सल्लाहकार रामबाबु श्रेष्ठ, नयाँ बसपार्क टोल बिकास संस्थाका अध्यक्ष दामोदर घिमिरे लगायतले मन्तव्य राखेका थिए ।