माछीखोलामा वन्ने अस्पताल भवनको शिलान्यास
माछीखोलामा वन्ने अस्पताल भवनको शिलान्यास
धार्चे गाउँपालिका–५ स्थित माछाखोलामा वन्ने अस्पताल भवनको शिलन्यास भएको छ ।
विहिबार गाउपालिका अध्यक्ष सन्तोष गुरुङले भवनको शिलन्यास गरेका हुन् । अस्पताल भवन निर्माणका लागि संघिय सरकारबाट चालु वर्ष ७० लाख विनियोजन भएको उनले बताए ।माटो परिक्षणको काम भइरहेको र टेन्टर आह्वान गरेर भवन निर्माण कार्य शुरु गर्ने उनले बताए । संघले तयार पारेको डिजाइन अनुसार अस्पताल भवन निर्माण हुने गाउपालिकाले जनाएको छ । हाल सोहि स्थानमा रहेको माछाखोला हेल्थपोष्टलाई स्तरउन्नती गर्न लागिएको हो ।
अस्पताल भवन निर्माणका लागि ५ रोपनी जग्गा व्यवस्थापन गरिएको अध्यक्ष गुरुङले बताए । दुई वर्ष भित्र अस्पताल भवन निर्माण सम्पन्न गरी स्वास्थ्य सेवा सञ्चालन गरिसक्ने गुरुङले बताए ।
अस्पताललाई इमर्जेन्सी वार्डमा रुपमा समेत प्रयोग गरिने उनले जानकारी दिए । संघ सरकार मातहतमा निर्माण हुन लागेको अस्पतालमा आधारभूत उपचार, स्त्रीरोग, बालरोग र सामान्य शल्यत्रिया सहितको सेवाहरु उपलब्ध हुनेछन् ।
गाउँपालिका सातै वडाका स्थानीय, मान्बु र चुमनुब्रीका स्थानीयहरुले समेत सो अस्पतालबाट स्वास्थ्य सेवा पाउने गाउँपालिकाले जनाएको छ ।