घरेलु तथा साना उद्योग महासंघमा थापा
घरेलु तथा साना उद्योग महासंघमा थापा
नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा गोरखाको २७ औँ साधारण सभा तथा नवौ अधिवेशन सम्पन्न भएको छ ।
आइतवार भएको अधिवेशनले राजनजंग थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।जसको बरिष्ठ उपाध्यक्षमा टेक बहादुर उपरकोटी, द्धितिय उपाध्यक्षमा खोप बहादुर अधिकारी, सचिव रमेश भट्ट र कोषाध्यक्षमा कुल बहादुर खड्का चयन भएका छन् ।
सदस्यहरुमा मेजन खत्री, विष्णु दाहाल, खिल बहादुर सिर्मल, टिका बहादुर तामाङ, प्रकाश रोका, मधु खड्का र विकास बाबु परियार रहेका छन् ।
कानुनी सल्लाहकारमा रमेश अधिकारी चयन भएको संस्थाका सचिव भट्टले बताए । केन्द्रीय प्रतिनिधिमा विनोद पन्त, नारायणबाबु आचार्य, सम्झना राना र सविन बस्नेत रहेको उनले जानकारी दिए ।
त्यस्तै महासंघ अन्तरगतको महिला उद्यमी समिति तर्फ अध्यक्षमा पम्फा खत्री, बरिष्ठ उपाध्यक्ष दुर्गा राना, सचिव सम्झाना वयलकोटी र कोषाध्यक्ष सिता थापा चयन भएका छन् ।
सदस्यहरुमा हरिमाया उपरकोटी, सानुमाया वानिया, विनिता बराम, पार्वती कार्की रहेका छन् । नारायण बाबु आचार्यको अध्यक्षता तथा प्रदेश उपाध्यक्ष रोहिणी राज लौडारीको प्रमुख अतिथ्यतामा कार्यक्रम भएको हो ।