एकै रात तिन वटा मोटरसाईकल चोरी
एकै रात तिन वटा मोटरसाईकल चोरी
जिल्ला सदरमुकाम आसपासबाट एकै रात सरकारी सहित तीन वटा मोटरसाइकल चोरी भएको छ ।
आइतवार राती करिव एघार बजेको समयमा उक्त बाइकहरु चोरी भएको जिल्ला ट्राफिक कार्यालय गोरखाले जनाएको छ ।
पूर्वाधार बिकास कार्यालयको नाममा रहेको लु ६९ प ०९२४ नम्वरको १५० सिसि पल्सर, एसियन पेन्ट्सको नाममा रही गोरखा नगरपालिका बिरेन्चोकका बिशाल थापा मगरले चढ्दै आएको लु ६० प २५९० नम्वरको २२० सिसि पल्सर र शहिद लखन गाउँपालिका मैलुङका सुरेश पुलामीको बा ८२ प ४४३८ नम्वरको पल्सर बाइक चोरी भएको ट्राफिक हवल्दार टिका शर्माले बताए ।
बराह र बिरेन्चोकमा घरमा पार्किङ गरेर राखेको अवस्थामा उक्त बाइकहरु चोरी भएको उनले जानकारी दिए ।
चोरी भएका बाइकहरुको खोजी कार्य सँगै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।