अनुदानमा कृषि औजार वितरण
अनुदानमा कृषि औजार वितरण
भीमसेन थापा गाउँपालिका का किसानहरुलाइ कृषि औजार वितरण गरिएको छ । ५० प्रतिशत अनुदानमा गाउँपालिकाले उनीहरुलाई हाते ट्याक्टर र कोदो कुट्ने मेसिन वितरण गरेको हो ।
४० वटा हाते ट्याक्टर र ७ वटा कोदो कुट्ने मेसिन वितरण गरिएको गाउँपालिका अध्यक्षका स्वकिय सचिव कुविर पौडेलले बताए । ‘गाउँपालिका र किसानको ५०÷५० प्रतिशत लागत सहभागीतामा औजारहरु वितरण गरेका हौ,’ उनले भने, ‘हाते ट्याक्टरका लागी किसानले २७ हजार ७५० र कोदो कुट्ने मेसिनका लागी २७ हजार ५ सय तिरेका हुन्, बाँकी गाउँपालिकाले व्यहोरेको हो ।’
सोमवार गाउँपालिकाको केन्द्र खान्चोकमा आयोजित एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष इश्वर पाण्डेले कृषि औजार किसानहरुलाइ हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमकै अवसरमा पालिका भित्रका उत्कृष्ट कोदो उत्पादन गर्ने किसानलाइ नगद वितरण गरिएको छ । प्रत्यक वडाका पाँच जना कृषक गरी कुल ४० जनालाइ जनही पाँच हजार रकम वितरण गरिएको गाउँपालिका ले जनाएको छ ।
गाउँपालिकाको चालु आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक कार्यक्रम अन्तरगत अनुदानमा कृषि औजार वितरण गरिएको बताइएको छ ।