शहिद लखनमा आँखा जाच शिविर
शहिद लखनमा आँखा जाच शिविर
शहिद लखन गाउँपालिका को सबै वडामा आँखा जाँच शिविर संचालन गरिएको छ ।
गाउपालिका,लायन्स क्लब अफ गोरखाको आयोजना तथा हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा माघ ५ गते देखि १४ गते सम्म भएको आँखा जाँच शिविर संचालन गरिएको हो ।
उत्त शिविरमा गाउँपालिका ९ वटै वडाका ७ सय १८ जनाको आँखा जाँच गरिएको क्लवका अध्यक्ष श्यामबाबु श्रेष्ठले बताए । उनका अनुसार २९१ जना पुरुष र ४२७ जना महिलाको आँखा जाँच गरिएको थियो ।
ति मध्य २८ जनाको आँखाको अप्रेशन गरिएको उनले बताए । त्यस्तै गाउँपालिका भित्रका ६ वटा विद्यालयमा पनि शिविर संचालन गरिएको छ ।
ति विद्यालयका ९ सय १४ जना स्कुलका विद्यार्थीको आँखा जाँच गरिएको अध्यक्ष श्रेष्ठले बताए ।