कुवँर परिवारलाई खाद्यान्न सहयोग
कुवँर परिवारलाई खाद्यान्न सहयोग
आर्थिक अवस्था कमजोर भएका गोरखा नगरपालिका–४ पन्थेस्वाँरा निवासी सानी माया कुवँरको परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । गोरखा भारतीय भूपू सैनिक बचत तथा ऋण सहकारी संस्थाले विहिबार कुवर परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।
सहकारीका अध्यक्ष शंकर थापा मगर र वडा नम्बर ४ का अध्यक्ष खोप बहादुर अधिकारीले बिहीवार घरमै पुगेर सयुक्त रुपमा कुवँरलाई खाद्यान्न हस्तान्तरण गरेका हुन् ।
कुवर परिवारको आर्थिक अवस्था कमजोर रहेको र उनका १० वर्षीय छोरा संजय कुवँर समेत अपाङ्गता भएकाले खाद्यान्न सहयोग गरिएको सहकारी अध्यक्ष मगरले बताए ।