थप १५९ जनाले लगाए कोरोना बिरुद्धको खोप

थप १५९ जनाले लगाए कोरोना बिरुद्धको खोप


शुक्रबार, माघ १६, २०७७


थप १५९ जनाले लगाए कोरोना बिरुद्धको खोप

जिल्लाका थप १ सय ५९ जनालाइ बिहीवार कोरोना भाइरस बिरुद्धको खोप लगाइएको छ ।
१ सय २५ महिला र ३४ जना पुरुषलाइ खोप लगाइएको गोरखा अस्पतालले जनाएको छ ।

कोभिड–१९ रोकथामका लागी अग्रपंक्तिमा खटिएकाहरुलाइ लक्षित गरी वुधवारबाट जिल्लामा पहिलो चरणको खोप अभियान शुरु गरिएको हो ।



‘पहिलो दिन हिजो १ सय १६ जनाले खोप लगाउनुभयो,’ अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले भने ।

खोपका लागी जिल्ला अस्पताल गोरखामा दुई वटा खोप केन्द्र स्थापना गरिएको छ । बिहीवार खोप लगाउनेमध्य गोरखा नगरपालिकाका ४७, शहिद लखन गाउँपालिकाका ३५, भीमसेन थापाका ४३, धार्चेका १९, आरुघाटका ६, सिरानचोकका ७ तथा बारपाक सुलिकोट र चुमनुव्रीका १÷१ जना रहेका छन् । उनीहरुमध्य अधिकांश स्वास्थ्यकर्मी रहेको ढकालले जानकारी दिए ।

खोप लगाएकाहरु मध्य केहीमा सामान्य ज्वरो, टाउँको दुख्ने लगायतका सामान्य लक्षण देखिएको उनले बताए । ‘खोप लगाएका मध्य ३० देखि ४० प्रतिशतमा यो लक्षण देखिन्छ भन्ने नै छ, यो त्यति ठुलो समस्या होइन,’ उनले भने । पहिलो चरणमा जिल्लाका १८ सय ८ जनालाई खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको हो ।

कोभिड–१९ रोकथामका लागी अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयसेविका, एम्वुलेन्स चालक, कोरोनाबाट मृत्यु भएकाहरुको शव व्यवस्थापनमा संलग्न सुरक्षाकर्मी, निजि स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी र स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारीहरु प्राथमिकतामा रहेको बताइएको छ ।

पहिलो चरणको खोप अभियान माघ १८ गतेसम्म चल्ने कार्यालयले जनाएको छ । ‘अहिले खोप लगाउनुभएकाहरुले एक महिना पछि फेरी अर्काे डोज लगाउनुपर्छ,’ उनले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda