बिकास बिरोधीलाई जनताले तीरस्कार गरेर साथ छोड्छन् ः मन्त्री बस्नेत

बिकास बिरोधीलाई जनताले तीरस्कार गरेर साथ छोड्छन् ः मन्त्री बस्नेत


शनिबार, माघ १७, २०७७


बिकास बिरोधीलाई जनताले तीरस्कार गरेर साथ छोड्छन् ः मन्त्री बस्नेत

गण्डकी प्रदेशका भौतिक पुर्वाधार बिकास मन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य रामशरण बस्नेतले बिकास बिरोधीलाई जनताले तीरस्कार गर्ने बताएका छन् ।

शुक्रबार गोरखा नगरपालिका वडा—५ मा भएको वडा स्तरीय पार्टीको भेलालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले अब जनताले प्रचण्ड—माधव समूहको साथ छोड्ने तर्क गरेका हुन् ।



‘केपी ओली नेतृत्वको सरकारले देशमा बिकास र सम्बृद्धि ल्याउन सुरु गरिसकेको थियो । यस सरकारले मुलुकमा शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली, सडक जस्ता भौतिक पुर्वाधारका बिकासमा देशले गरेको कामहरुको प्रत्यक्ष अनुभुती जनताले गर्न थालिसकेको थिए, यही सरकारको नेतृत्वमा भारतले मिचेको भूमी फिर्ता ल्याएर चुच्चे नक्सा सार्वजनिक गरिएको थियो ।

बेरोजगारीका समस्या हटाउँदै बैदेशीक रोजगारीमा जानेको संङ्ख्या कम हुँदै स्वरोजगारमा लाग्नेहरुको संङ्ख्यामा उल्लेख्य प्रगती हुँदै छ ।

देशमा कति नेतृत्व फेरीए ? देशमा कति जना प्रधानमन्त्री भए ? खै, केपी ओलीको नेतृत्वको सरकारले देशको उन्नती प्रगतीमा जति काम गर्न सफल भएको छ त्यती काम अरु कस्को नेतृत्वमा भएको थियो ?’, मन्त्री बस्नेतले भने, ‘ओली नेतृत्वको सरकारले देशमा बिकास र सम्बृद्धि ल्याउन थाल्यो । अब ओली सबै नेपालीको नजरमा हिरो बन्ने भए ।

अब यिनलाई बिकास गर्न दिनुहुन्न भनेर प्रचण्ड—माधव जीहरुले सल्लाह गरेर सरकार बिरुद्ध अबिश्वासको प्रस्ताव दर्ता गर्ने अनि राष्ट्रपति बिरुद्ध महाअभियोग लगाउने तयारी गर्न थाल्नु भएछ ।

सरकारलाई काम गर्न सहयोग गर्नुको साँटो उल्टो जनताको पक्षमा उल्लेखनीय काम गर्याे भनेर सरकार ढाल्न योजना बनाएकै कारण ओलीले बाध्य भएर संसद विघटन गरेर जनताको माझमा जाने निर्णय गर्नु भएको हो । यस्ता बिकास बिरोधीहरुलाई अब जनताले चिनेर तीरस्कार गर्नेछन्, बिकास बिरोधीहरुको साथ जनताले छाड्नेछन् ।’
प्रचण्ड—माधवको ब्यक्तिगत स्वार्थका कारण देशमा अस्थिरता आएको उनले तर्क गरे ।

‘प्रचण्डलाई प्रधानमन्त्री बन्नै पर्ने, माधवलाई पार्टी अध्यक्ष बन्नै पर्ने । उहाँहरुकै पद र कुर्सीको लोभका कारण देशमा अस्थिरता आएको हो । संसद विघटन भएको हो । ओली नेतृत्वको सरकारले देशमा जनताको ईच्छा, आकांक्षा र आबश्यकता परापुर्ती गर्न सुरु गरेका एजेण्डाहरु सफल पार्न अहिलेको सरकारको पाँच बर्षे कार्यकाल नसकिँदै चुनावको घोषणा गरेर जनताको माझमा जानु पर्ने भएको हो’, मन्त्री बस्नेतले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda