ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन् ः नारायणकाजी श्रेष्ठ

ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन् ः नारायणकाजी श्रेष्ठ


आइतवार, माघ १८, २०७७


ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन् ः नारायणकाजी श्रेष्ठ

नेकपा प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पद जोगाउनका लागि केपी शर्मा ओलीले पार्टीमाथि आक्रमण गरेको बताएका छन् ।

प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार गोरखाको सिरानचोक गाउँपालिका चित्रेपोखरीमा आयोजित सभामा श्रेष्ठले प्रधानमन्त्री पदकै लागि ओलीले विगतमा पार्टी एकता गरेको बताए ।



‘संविधान र लोकतन्त्रको आधारमा देशलाई सामाजिक र आर्थिक रुपान्तरण गर्छाै भनेर हामीले पार्टी एकता गरेका थियौ,’ उनले भने, ‘तर ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन्, पद जान्छ जस्तो लागेपछि पार्टीमाथि नै आक्रमण गरेर एकता भंग गरे ।’

संसद विघटन गरेर ओलीले लोकतन्त्र र संविधानको हत्या गरेको उनको आरोप छ । उनले भने, ‘संविधानको हत्या गरेर ओलीले संसद विघटन गरे तर अहिले अदालतमा उनको पक्षमा मुद्धा लड्ने वकिल कोही नपाएपछि राजतन्त्र चाहिन्छ गणतन्त्र मास्नुपर्छ भन्ने एकरदुई जना मान्छेलाई पैसा दिएर बहस गर्न लगाएका छन् ।’

ओली नेतृत्वको सरकारलाई दुई महिने सरकारको संज्ञा दिँदै उनले यो सरकारको तुजुक धेरै समय नटिक्ने बताए ।

कानूनत प्रचण्ड–माधव समूह नै वैधानिक नेकपा रहेको श्रेष्ठले जिकिर गरे । ‘पार्टीका केही लोभीपापीहरुले विभिन्न भूमिका निर्वाह गरेपनि दुई तिहाइ भन्दा बढी हामी छौं, तर यति हुँदा पनि सय जना बराबरको गुटले पार्टीको आधिकारिकता आफूलाई भन्छ भने त्यो संविधान र कानूनले मान्दैन, त्यो पत्याउने कुरा पनि होइन,’ श्रेष्ठले भने ।


प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
big booty ebony bbc porn sister and brother 80sporno.com porn best friends mom vintage mom son porn, angela white mia malkova the mary burke nude forcedcreampie.com ranni the witch hentai kendra james and kimmy kimm, master piece hentai episode 3 nina diaz nade nasty lesbianebony.com folle a mi suegra aura cristina geithner desnuda