गोरखाको सम्पदा बस्ती ओझेलमा
गोरखाको सम्पदा बस्ती ओझेलमा
यदु प्रसाद अधिकारी
सम्पदा भन्नाले प्राकृतिक, पुरातात्विक भौतिक आदि सम्पदा बुझिन्छ । प्राकृतिक सम्पदा प्रकृतिले नै जीवजन्तुको उपभोगको लागि दिएको सम्पदा हो । यसलाई प्रयोग गरेर जीवजन्तुले जिवन सुखमय रुपबाट यापन गर्दछन् । पुरातात्विक सम्पदा प्राचिनकालमा राजा महाराजा, ऋषिमुनीहरुले धार्मिक र ऐतिहासिक धरोहरको रुपमा निर्माण गरेको सम्पदा हो । यस्ता सम्पदामा मठमन्दिर, चौतारो, धारो, पार्टी पौवा, गुम्बा, मस्जिद आदि पर्दछन् ।
भौतिक सम्पदा मानव जातिले आफ्नो सुख र सुविधाको लागि बनाएको सम्पदा हो । त्यस्ता सम्पदाहरुमा भवन, हवाइजहाज, पानीजहाज, रेल, मोटरगाडी, रोबटो आदि पर्दछन् । नेपालमा तेह्रौँ शताब्दी देखि नै भूकम्प गएको प्रमाण पाइन्छ । पछिल्ला अठारौँ शताब्दी तिर र १९९० एवंम २०७२ को भूकम्पले धेरै मानवीय क्षति भौतिक सम्पदाको क्षति बनाएको छ । नेपाल सरकारले २०७२ को भूकम्प पछि निजी आवास, सरकारी भवन र पुरातात्बिक भौतिक सम्पदालाई संरक्षण गर्ने कदम पछिल्ला चरणमा चालेको छ ।
गोरखा, नुवाकोट, दोलखा, काठमाण्डौ र साघुका प्राचिन पुरातात्विक मठमन्दिर संग्राहालय, व्यक्तिगत प्राचिन नमूनाका घरहरुलाई पुननिर्माण गरी जीवन्त बनाउन थप रकम दिई प्रोत्साहन उपलब्ध गराउने निर्णय गरेको छ । नुवाकोटको नौ तले दरबार, दोलखाको ऐतिहासिक नेवारी बस्तीको भिमेश्वर महादेवको मन्दिर, काठमाण्डौको नौ तले दरबार, गोरखाको कालिका मन्दिर र गोरखा तल्लो दरबार वरपरको रामशाहद्धारा बस्ती बसाएको धुवाँ विर्ता वरपरको मठ मन्दिर र व्यक्तिगत भवनलाई निर्माण गर्ने योजना बनाएको छ ।
मानवीय विकासको व्रmममा मानव जातिले बास बस्नका लागि ओडार, कटेरो, गोठ, घर, धन्सार बनाएर जीविकोपार्जन ग¥यो । मावन जातीले घुमाउने घर, दलान झिकेको घर, सिकुवा भएको घर, वियार घर, जस्केला भएको घर, झिगटीँले छाएको घर बनायो । अगेना चुल्हो माथि भर्सेली, सिकुवा, अटली, खोपी, भण्डार, ओछयान, काठको लिस्नु आदि राखेर बनाएका थिए ।
घर बनाउँदा झयाल ढोका, थाम, पाखुरी आदिमा आकर्षक बुट्टा काट्दथ्ये । घरमा देवी देवताको मूर्ति काठमा कुद्ने काम पनि गर्दथ्ये । कलात्मक पाराले बनाएका झिगटीले झाएका घरहरु हेर्न लायकका हुन्थ्ये । घरको मूल ढोका माथि देवीदेवताको मूर्ति राखिएको हुन्थ्यो । विशेष गरेर नेवार समुदायले घर अगाडि कुल देवतालाई सम्झादै सुर्यलाई पानी चढाएर पूजा गर्ने चलन पनि छ ।
गोरखा जिल्लाको मूल थलो गौरवको स्थान ठूलो आँगन वरपर नै हो । यस आँगनमा जात्रा लगाउने, वैठक गराउने, श्रीकृष्णको रथ तान्ने, लाखे नाच्ने आदि काम गर्दछन् । भीमसेनको मन्दिरलाई आदर मानेर सबै श्रेष्ठहरु श्रद्धाले झुक्छन् । यस आँगन वरपरको ऐतिहासिक, पुरातात्विक सम्पदा बोकेका भवनहरु २०७२ वैशाख १२ को भूकम्पले क्षतविक्षत बनायो ।
गोरखा जिल्ला ऐतिहासिक, सामाजिक, साँस्कृतिक, धार्मिक र पर्यटकीय महत्व बोकेको नेपालको गौरवको भूमि हो । गोरखाकालिका मन्दिर वरीपरी मगरहरुको बस्ती भएकोले मगरहरुको भाषामा समयको संकेत गर्ने घडी चरो कुखुरा नै थियो । त्यस भाषामा ग्वा रा का भन्दा भन्दै गोरखा संसारमा प्रचलित भई गुर्खा नामले विश्व विख्यात छ । रामशाहले बस्ती बसाएको क्षेत्र नै गोरखाको ऐतिहासिक क्षेत्र हो ।
राष्टिूय पुननिर्माण प्राधिकरणले जिल्लाका परम्परागत किसिमले निर्माण भएका घर, मन्दिर चौतारो, पार्टी पौवालाई सम्पदा बस्तीको रुपमा संरक्षण गर्नका लागि भूकम्पले क्षस्त भएका घर निर्माण गरीसके पछि २०७६÷१२÷०२ गते छलफल अगाडि बढायो । ऐतिहासिक क्षेत्र संरक्षण विकास समितिका अध्यक्ष सुरेश श्रेष्ठले यही २०७७÷१२÷८ गते उपस्थितिमा छलफल अगाढि बढाए । बनिसकेको घरहरुलाई पुरातत्व विभागले भक्तपुर दरबार वरपरको नमूना बस्ती बनाए जस्तै बनेको घरहरुलाई कलात्मक किसिमले आकर्षक बनाउन राज्यलाई अनुरोध गर्ने निर्णय ग¥यो ।
सरकारले सम्पदा बस्ती निर्माण गर्नका लागि थप ५० हजार प्रोत्साहन रकम दिने निर्णय गरे पनि ऐतिहासिक क्षेत्रका बासिन्दाहरुले सो रकम आपूmले नलिई सरकारले नै आफ्ना घरलाई आकर्षक नमूना बनाउनका लागि खर्च गरोस् भन्ने मनसाय राखेको पाइयो । सम्पदा बस्तीका लागि गोरखा संग्राहालय, पाटेचौर, भीमसेन मन्दिर, शक्ति विद्यालय जाने बाटो, धारापानीको राधा बल्ल्भेश्वर मन्दिर, पदेली, झहरे, तीन धारे, गोरखा दरबार जाने हटिया थोक सम्मका घरहरुलाई सम्पदान बस्तीका रुपमा विकास गर्ने निर्णय गरेको छ । गोरखा नगरपालिकाले पनि सम्पदा बस्तीलाई नमूना बनाउनका लागि सहयोग गर्ने बचन नगर प्रमुख राजनराज पन्तले पनि दिएका छन् । सो क्षेत्रमा नयाँ बनाउन पार्वती मास्के जस्ताले चाहेको पनि देखिन्छ ।
गोरखा संग्रहालय वि.स. १८९५ बाट सुरु भई १८९८ मा राजा राजेन्द्र विक्रमको पालामा वनेको चौघेरा दरबार हो । तीन÷तीन तला र कौशी समेत गरी चार तला भएको यस दरबारमा तीन वटा कोठा छन् । तेस्रो तलामा १० जोर थाम, फलेक र इट्टाले छाएको छ । ९२ वटा एक मुखे, १३ वटा तीन मुखे र एक सय पाँच झयाल, ६२ कोठा, तीन पाइट पाँच हेक्टर जमिनमा रहेको छ । १० कक्षा रहेको यस दरबार २०६५ पछि संग्रहालय बनाइयो हो । दुइ वटा तोप रहेको यो दरबार नै आकर्षक केन्द्र हो ।
यसैलाई आधार बनाएर हाम्रो गौैैरव भन्ने नाराका साथ ऐसिहासिक संरक्षण समितिले सम्पदान बस्ती विकास गर्नका लागि पुरातत्व विभाग र पूननिर्माण प्राधिकरणसँग हातेमालो गरी कार्यक्रममा अगाडि बढाउन खोजेको छ । यसै दरबारबाट गोरखा जिल्लाका बहुदल आउनु पूर्व प्रशासन चल्दथ्यो । यहाँ बगैँचामा एकीकरणका पिता पृथ्वीनारायण शाहको शालिक राखिएको छ । हरेक पुस २७ गते राष्टूवादीहरुले पृथ्वी जयन्ती मनाइ उनको योगदानलाई चर्चा गर्ने पनि गर्दछन् ।
भूकम्पको अनुदानले घर बनाए पनि सम्पदा बस्तीका बासिन्दाहरुले आफ्नो क्षेत्रलाई नमूना बनाउन चाहेका छन् । पुरानो पार्टी पौवा, ठाँटी, चौतारो, मठ मन्दिरलाई पुन निर्माण गरेर आकर्षक बनाउन चाहेका छन् । चार किल्ला भित्रका बासिन्दाहरु उत्सुक भए पनि कोरोनाको कारणले गर्दा बस्ती निर्माण गर्न सकेका छैनन् ।
नेपाल जन्मनुको पूर्वको यस गोरखा जिल्ला द्रब्य शाह, राम शाह, पृथ्वीनारायण शाहको १८२५ पूर्वको राजधानी हो । विर पुरुष जन्माउने नेपालको एकीकरण गरी नेपाल र नेपालीको भाग्य निर्माण गर्ने पृथ्वीनारायण शाहको जन्म भूमिलाई सम्पदा बस्तीको रुपमा निर्माण गरेर अगाडि बढाएमा गोरखालाई अभैm स्वदेशी र विदेशीले झन महत्व दिनेछन् ।
ऐतिहासिक, धार्मिक, पर्यटकीय क्षेत्र ओगटेको गोरखा दरबार वरपरको बस्तीलाई नेपालको नमूना बस्ती बनाएर सम्पदा बस्तीको रुपमा विकास गरी नेपाल र गोरखाको महिमा उच्च राख्ने कदम स्थानीय सरकार र नेपाल सरकारले गर्न सकेमा कल्याण हुनेछ ।